www.tandavnews.com
Fact ~ In search of truth

विन्दवासिनी दोहोरीले अन्तरदोहोरी साँझ प्रतियोगिता गर्ने

पोखरा
ताण्डव न्यूज ।

पोखराको चिप्लेढुंगामा सञ्चालनमा आएको विन्दवासिनी दोहोरी साँझले अन्तर दोहोरी साँझ स्तरीय दोहोरी गीत प्रतियोगिता गर्ने भएको छ । दोहोरी साँझको शुभारम्भ विशेष साँगीतिक कार्यक्रम अन्तर्गत यही असार २२ देखि २६ गतेसम्म प्रतियोगिता गर्न लागेको साँझको सञ्चालक विरेन्द्र केसीले जानकारी दिए ।

प्रतियोगितामा पोखरामा सञ्चालित दोहोरी साँझहरुले भाग लिन पाउनेछन् । दोहोरी प्रतियोगितामा प्रथम हुने समूहले ३० हजार, द्धितीय समूहले २० हजार, तृतीय हुने समूहले १० हजार र सान्त्वना हुने समूहले ५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

Batas

दोहोरी सञ्चालक विरेन्द्र केसीका अनुसार प्रतियोगिता दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म चल्नेछ भने ७ बजेदेखि १ बजेसम्म शुभारभ विशेष साँगीतिक कार्यक्रम रहनेछ । साँगीतिक कार्यक्रममा चर्चित कलाकारहरुको विशेष प्रस्तुति रहने केसीले बताए । शुभारम्भ कार्यक्रमको अवधिमा विशेष छुटको पनि व्यवस्था गरिएको उनले सुनाए ।

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.