www.tandavnews.com
Fact ~ In search of truth

असार १५ र १६ गते पोखरामा मुख्यमन्त्रीहरुको भेला

पोखरा ।

यसअघि रोकिएको मुख्यमन्त्रीहरुको सम्मेलन हुने भएको छ । सातै प्रदेशका मुख्यमन्त्रीहरु असार १५ र १६ गते पोखरामा जुट्ने भएका छन् । गत जेठ १० र ११ मा गर्ने भनिएको सम्मेलन प्रधानमन्त्री
पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू आउन नसक्ने बताएपछि अन्तिम समयमा आएर स्थगित भएको थियो ।

गण्डकी प्रदेश सरकारका प्रवक्ता सरस्वती अर्याल तिवारीका अनुसार स्थगित सम्मेलनको लागि आन्तरिक तयारी भइरहेको छ । सम्मेलनको उद्घाटनको लागि शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आउने छन् ।
सम्मेलनमा विभिन्न प्रदेशले गरेका उपलब्धि र अधिकारका विषयमा छलफल हुनेछ । यसअघि पनि पृथ्वीसुव्वा गुरुङ मुख्यमन्त्री हुँदा सातै प्रदेशका मुख्यमन्त्रीहरु पोखरामा भेला भएका थिए ।

Batas

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.