www.tandavnews.com
Fact ~ In search of truth

जापान पठाइदिने प्रलोभनमा साढे १४ लाख ठगी गरेको भन्दै गिरी दम्पती विरुद्ध उजुरी

पोखरा
ताण्डव न्यूज ।

जापान पठाइदिने भन्दै १४ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोपमा गिरी दम्पती विरुद्ध उजुरी परेको छ ।

पोखरा-२१ निर्मलपोखरीका नारायण गिरी र उनको श्रीमती ईन्दिरा गिरीले जापानमा मासिक एक लाख ८० हजार तलब हुने प्याकिङ सम्बन्धी काममा लगाइदिने आश्वासन दिई २ जनाबाट साढे १४ लाख रुपैयाँ ठगी गरेको उजुरी परेको हो ।

Batas

उजुरी अनुसार गिरी दम्पत्तिले पोखरा २१का राजु गिरीबाट ११ लाख ५० हजार र पोखरा ९का बिक्रम खत्रीबाट ३ लाख लिएका छन् । पैसा लिएको धेरै समय भइसक्दा पनि जापान नपठाएपछि गिरी र खत्रीले पैसा फिर्ता मागे । काम नभएपछि पैसा फिर्ता माग्दा गिरी दम्पत्तिले फिर्ता नगरेपछि उजुरी दिन बाध्य धएको पीडितले बताए ।

पीडित द्धयले यहि असार २६ गते वैदेशिक रोजगार विभाग काठमाण्डौंमा उजुरी दिएका हुन् ।

यस विषयमा थप बुझ्न गिरी दम्पतीलाई ताण्डव न्यूजले पटक पटक सम्पर्क गर्न खोज्दा उनिहरुको फोनमा सम्पर्क हुन सकेन ।

राजु गिरी र बिक्रम खत्रीले दिएको उजुरी :

 

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.