www.tandavnews.com
Fact ~ In search of truth

एक वर्षभित्र साहसिक खेलकुद प्रतियोगिताको आयोजना गरिनेछ : मन्त्री डिगबहादुर लिम्बू

काठमाडौँ ।

युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले आगामी एक वर्षभित्र अन्तर्राष्ट्रियस्तरको साहसिक खेलको आयोजना गर्ने बताएका छन् ।
Batas
राष्ट्रियसभाको आज बसेको बैठकमा आर्थिक वर्ष २०८०/८१ को विनियोजन विधेयकअन्तर्गत विभिन्न शीर्षकमाथिको छलफलमा उनले आगामी एक वर्षभित्र अन्तर्राष्ट्रियस्तरको साहसिक पर्वतीय खेलको आयोजना गर्दै नेपालमा पर्यटन क्षेत्रको विकास गर्नेे विश्वास व्यक्त गरे ।
उनले विद्यालयमा अध्ययनरत १५ वर्षमुनिका बालबालिकाका लागि खेलसम्बन्धी शिक्षा दिँदै सोही क्षेत्रबाट खेलकुदको विकास तथा विस्तारको थालनी गर्ने बताए । मन्त्री लिम्बूले देशका लागि पसिना बगाउने खेलाडीमा बीमाको समस्या रहेको भन्दै खेलाडीको जीवन बीमाको विषयमा छुट्टै नीति बनाउने गृहकार्य भइरहेको बताए ।
उनले भौतिक पूर्वाधारको क्षेत्रमा पुँजीगत खर्च ९ प्रतिशत मात्र गरेको देखिएकाले आगामी दिनमा भौतिक पूर्वाधार निर्माणको क्षेत्रमा छुट्टै एकाई निर्माण गर्ने तयारी गरेको जानकारी दिए ।
उनले बच्चादेखि सिनियर नागरिकसम्मको चासो रहेको क्रिकेटको विकासका लागि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयका अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, मूलपानी, विराटनगर र नारायणी रङ्गशाला पर्साको भौतिक पूर्वाधारका निर्माणमा पूर्णता कायम गर्न आवश्यक रहेको भन्दै यसो गर्न सके नेपालमा १२ महिना नै अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गर्न सकिने बताए ।
रासस

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.