www.tandavnews.com
Fact ~ In search of truth

पोखरा मणिपालद्धारा आँखा शिविर, तीन दिनमा ३ सय जनाको जाँच

पोखरा ।

अटोवेज प्रा.लि नयाँबजारको आयोजना तथा पोखरा मणिपाल शिक्षण अस्पतालको प्राविधिक सहयोगमा पाँच दिने आँखा शिविर सञ्चालन भइरहेको छ । सामाजिक उत्तरदायित्वलाई वहन गर्दै मणिपालले विशेष गरी सवारी चालकहरुलाई लक्षित गरी आँखा शिविर आयोजना गरेको अस्पतालका जनसम्पर्क अधिकृत कृष्णमोहन श्रेष्ठले बताए ।

कास्कीमा रहेका विद्यालयका बस चलाउने चालकहरुलाई समेत लक्षित गरी तीन दिन देखि अटोवेज प्रा.लि नयाँबजारमा शिविर सञ्चालन भएको श्रेष्ठको भनाइ छ । शिविरमा तीन सय जनाले आँखा जाँच गराएको उनले जनकारी दिए । विशेषगरी आँखा पाक्ने रोग, दृष्टिदोष जस्ता समस्या देखा परेको उनले बताए ।

Batas

तीन दिनदेखि सञ्चालनमा रहेको शिविर चांैथो र पाँचौ दिन लामाचौर र लेखनाथमा सञ्चालन गरिने उनले बताए । शिविरमा आँखा देखाउन आएका व्यक्तिहरुमा केही समस्या देखा परे र थप उपचार गर्न परे पोखरा मणिपाल शिक्षण अस्पतालले आवश्यकता हेरि १० देखि १५ प्रतिशत उपचार छुट दिने भएको छ ।

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.