www.tandavnews.com
Fact ~ In search of truth

कांग्रेसका प्रदेश सभापतिको पोखरा भेला स्थगित

गण्डकी ।
नेपाली कांग्रेसका सातवटै प्रदेशका सभापतिसहित पदाधिकारीहरूको यही भदौ १६ र १७ गते पोखरामा हुने भनिएको भेला स्थगित भएको छ ।
Batas
नेपाली कांग्रेसको आगामी मङ्सिर ११, १२ र १३ गते हुने महासमितिको बैठकमा पार्टी सङ्गठनलाई सुधार गर्नका लागि सामूहिक धारणा तय गर्ने गरी भेला आयोजना गरिएको थियो । भेला हालका लागि स्थगित भएको र आगामी कार्यक्रम अर्को सूचना प्रकाशन गरी जानकारी गराइने नेपाली कांग्रेस गण्डकी प्रदेशका प्रवक्ता माधवप्रसाद बास्तोला (मधु)ले जानकारी दिए ।
नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको व्यवस्थापनमा गर्न लागिएको भेलाको पार्टीका केन्द्रीय सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम थियो ।
रासस
–––

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.