www.tandavnews.com
Fact ~ In search of truth

अनेरास्ववियु कास्कीले तिज बिशेष खुल्ला नृत्य प्रतियोगिता कार्यक्रम गर्ने

पाेखरा ।

नेपाली नारीहरुको महान चाड हरितालीका तिजको अवसरमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन जिल्ला कमिटी कास्कीले तिज बिशेष खुल्ला नृत्य प्रतियोगिता कार्यक्रम गर्ने भएको छ । कमिटीले यहि भाद्र २९ गते पोखरा-६ लेकसाइड स्थित तालबाराही मा.वि. प्रांगणमा नृत्य प्रतियोगिताको आयोजना गर्ने भएको हो ।

“अनेरास्ववियुको आव्हान क्रियाशिल महिलाहरुको सम्मान, समाज परिवर्तनमा साँस्कृतिक रुपान्तरण हाम्रो अभियान” भन्ने नाराका साथ आयोजना हुन लागेको प्रतियोगितामा प्रथम पुरस्कार १०,००० हजार र द्धितिय पुरस्कार ५,००० हजार व्यवस्था गरिएको अनेरास्ववियु कास्की प्रचारप्रसार बिभाग प्रमुख बिशाल बाबु क्षेत्रीले जानकारी दिए ।

Batas

प्रतियोगितामा कास्की जिल्ला भित्रका विभिन्न बिद्यालय तथा क्याम्पसका बिद्यार्थीहरुको सहभागिता साथै स्थानीय अतिथी कलाकारहरूको बेजोड प्रस्तुति पनि रहने बताइएको छ । कार्यक्रमलाई भव्यताका साथ सफल बनाउन कार्यक्रमको तयारी तिव्र पारिएको क्षेत्रीले बताए ।

प्रतियोगितामा सहभागी हुन ईच्छुक प्रतियोगी समुहले भाद्र २८ गते सम्म आफ्नो समूहको दर्ता गरिसक्नुपर्ने आयोजक कमिटीले ले जानकारी गराएको छ ।

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.