www.tandavnews.com
Fact ~ In search of truth

‘शौचालय जान्छु’ भनेर फरार भए प्रहरी नियन्त्रणमा रहेका ‘विवेक नेपाली’

दाङ :
चोरी गरेको अभियोगमा दाङ प्रहरीको नियन्त्रणमा रहेका एक व्यक्ति  आज फरार भएका छन् । फरार हुनेमा घोराहीका २८ वर्षीय विवेक नेपाली रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीले जानकारी दिए । नेपालीलाई तीन दिनअघि प्रहरीले पक्राउ गरेको थियो ।
Batas
स्वास्थ्य उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही लगेका बेला नेपाली फरार भएको प्रहरी उपरीक्षक केसीले जानकारी दिए । शौचालय जान्छु भनी भागेपछि अहिले उनको खोजी भइरहेको छ ।
रासस

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.