www.tandavnews.com
Fact ~ In search of truth

‘मणिपाल’ र ‘सशस्त्र प्रहरी बल कालिका कास्की’बिच सहमति

पोखरा ।

मणिपाल शिक्षण अस्पताल पोखरा र सशस्त्र प्रहरी बल, नेपाल नम्बर २४ गण हे.क्वा.कालिका कास्कीबिच ‘कर्पोरेट स्वास्थ्य परीक्षण सुविधा योजना‘मा सहमति भएको छ । अस्पतालले ल्याएको नयाँ स्वास्थ्य प्याकेज ‘ब्यबसायीक प्रतिष्ठान तथा संघ, संस्था स्वास्थ परिक्षण योजनामा अस्पताल र सशस्त्र प्रहरी बल, २४ गण हे.क्वा.कालिका कास्कीबीच सहमति भएको हो ।

सहमती पत्रमा मणिपाल शिक्षण अस्पताल पोखराका अस्पताल प्रमुख अनिल अडुविल र सशस्त्र प्रहरी बल, २४ गण हे.क्वा. कालिका कास्कीका सशस्त्र प्रहरी उपरीक्षक धन बहादुर बानियाले हस्ताक्षर गरेका छन् ।

Batas

सहमति भएसँगै सशस्त्र प्रहरी बल, २४ गण हे.क्वा.कालिका कास्कीमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुले मणिपाल शिक्षण अस्पतालको स्वास्थ्य सेवामा छुट पाउने छन् । उनीहरुले मणिपालको स्वास्थ्य सेवा लिँदा दर्ता शुल्कमा पूर्ण छुट, साधारण बेडमा २५ प्रतिशत, निःशुल्क चिकित्सकीय परामर्श, साधारण एमआरआइ र सिटी स्क्यानमा १० प्रतिशत छुट दिइनेछ ।

यसका अलवा सम्झौतापत्रमा न्यूरो सर्जरी तथा अति विशिष्ट सेवा बाहेकका अन्य शल्यक्रियामा १० प्रतिशत छुट तथा नियमित जाँचमा १५ प्रतिशत छुटको व्यवस्था गरिने उल्लेख छ ।

मणिपाल शिक्षण अस्पताल पोखराले यस अगाडी निर्माण व्यवसायी सघं कास्की, अटोवेज प्रालि, लेखनाथ उद्योग वाणिज्य संघ, माछापुच्छ्रे बैंक, अन्नपूर्ण केवलकार प्रालि लगायतसँग पनि ‘कर्पोरेट स्वास्थ्य परीक्षण सुविधा योजना‘मा सहमति गरेको थियो ।

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.