www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी प्रदेशमा मुख्यमन्त्रीको छिनोफानो आज

पोखरा
ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा मुख्यमन्त्रीको छिनोफानो आज हुँदैछ । यसअघिका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएपछि नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको ३ दिनको समयसमीमा आज सकिने भएको हो ।

गुरुङले गत आइतबार राजीनामा दिएका थिए । सोही दिन प्रदेश प्रमुख सीता पौडेलले संविधानको धारा १६८ को उपधारा २ अनुसार दलहरूलाई नयाँ सरकार गठनको दाबी पेस गर्न आज दिउँसो ४ बजेसम्मको समय दिएकी छिन् । यस समयभित्र विपक्षी दलहरूले बहुमत पुर्याई नयाँ मुख्यमन्त्रीको नाम पेस गर्न सक्नुपर्छ। अन्यथा प्रदेश सभामा सबैभन्दा धेरै सदस्य भएको दलका नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्ति दिनुपर्ने हुन्छ ।

Batas

गण्डकीमा सबैभन्दा ठूलो दल एमाले हो भने त्यसका संसदीय दलका नेता यसअघिका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ हुन । विपक्षी दलले अहिलेसम्म पनि बहुमत पु¥याउन सकेका छैनन्।

आज दिनभरमा बहुमत जुटाउन नसके पुनः गुरुङ नै मुख्यमन्त्री बन्नेछन् । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले नयाँ सरकारको बनाउने प्रयास गरिरहेका भएपनि निर्णायक रहेको राष्ट्रिय जनमोर्चाका दुई संसदले साथ छाडेपछि समस्या परेको छ ।

काँग्रेसबाट यहाँ कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री बनाउने तयारी छ । राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाले काँग्रेसलाई साथदिन नसकिने बताएका छन् । उनी पार्टीको निर्णयविपरीत उभिएका हुन । ६० सदस्यीय रहेको प्रदेश समाभा माएमालेका २७, काँग्रेसका १५, माओवादी केन्द्रका १२, राष्ट्रिय जनमोर्चाका ३, जसपाका २ र स्वतन्त्रबाट १ सांसद छन्। नयाँ सरकार गठन गर्न ३१ सांसद आवश्यक पर्छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.