www.tandavnews.com
Fact ~ In search of truth

रौतहटको चन्द्रनिगाहपुरमा एक महिलामाथि तेजाव प्रहार

रौतहट
ताण्डव न्यूज ।

रौतहटको चन्द्रनिगाहपुरमा एक महिलामाथि तेजाव प्रहार भएको छ । रौतहटको चन्द्रपुर नगरपालिकाको वडा नम्बर ४ का ३८ वर्षका दिपिका विकलाई उनका श्रीमानले तेजाव प्रहार गरेका हुन् ।

पीडित महिलाकोे एपोलो सिटी अस्पताल चन्द्रपुरमा उपचार भइरहेको जनाइएको छ । पिडित महिलाको शरिरको करिब १८ प्रतिशत भाग जलेको अस्पतालका प्रबन्ध निर्देशक अमर ठाकुरले जानकारी दिए । तेजाव प्रहारबाट पीडित महिलाको देब्रे हात र पेटमा चोट लागेको छ । हिजो केही समय भएको विवादपछि बाहिर निस्केका श्रीमानले तेजाव छ्याप्न खोज्दा भएको धकेलाधकेलको क्रममा हातमा र मुखमा एसिड परेको पीडितले महिलाले बताईन् ।

Batas

तेजाव प्रहार गर्ने ४२ वर्षिय दीपक विकलाई प्रहरीले पक्राउ गरेको छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.