www.tandavnews.com
Fact ~ In search of truth

कास्की निषेधाज्ञा अपडेट : जोर विजोर हटाइयो, रेष्टुरेण्ट/होटललाई ‘टेक अवे’ र पाहुना राख्ने अनुमति

पाेखरा/ताण्डव न्यूज

जिल्ला प्रशासन कार्यालय कास्कीले निषेधाज्ञा थप गरेको छ । पछिल्लो दिनहरुमा संक्रमण दर र मृत्युदरमा क्रमिक रुपमा कमी आएको उल्लेख गर्दै प्रशासनले यसअघिका रोक लगाइएका व्यवसायहरु केही खुकुलो समेत बनाएको छ ।

यसअघि सवारीमा लगाइएको जोरविजोर हटाइएको छ । स्वास्थ्य मापदण्ड पुर्ण रुपमा पालना गर्ने सर्तसहित सबै सार्वजनिक सवारीलाई सञ्चालन गर्न दिइने भएको छ भने लामो दुरीका सवारी पनि सम्बन्धीत यातायात व्यवसायी संघको सिफारिशमा जिल्ला प्रशासनको समन्वयमा सञ्चालन गर्न पाइने छ ।

Batas

प्रशासनले हेटल रेष्टुरेण्टहरुले अनलाइन डेलिभरी,होम डेलिभरी र टेक अवे सेवा बेलुका ८ बजेसम्म दिन सक्नेछन् । यस्तै होटेलमा बास बस्न आउने पाहुनालाई बेड क्षमताको ५० प्रतिशत सम्म मात्र रहने गरी खान र बस्नको प्रबन्ध मिलाउन सक्ने प्रशासनले जनाएको छ ।

यस आदेश श्रावण ५ गते राति १२ देखि श्रावण २० गते राति १२ बजेसम्म लागू हुने छ ।

हेर्नुहोस् प्रशासनले जारी गरेको आदेश

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.