पोखरा
ताण्डव न्यूज ।
बुटवलबाट लागूऔषध बोकेर पोखरा आउँदै गरेका निकेश गुरुङ पक्राउ परेका छन् । पोखरा-१० रामघाटका १९ वर्षिय गुरुङलाई चितवन प्रहरीले भरतपुर-१ लिलाचोकबाट पक्राउ गरेको हो ।
शंका लागेर चेकजाँज गर्दा गुरुङको साथमा नुफिम ३० पिस, डाइजेपाम ३० पिस र फेनरागन ३० पिस फेला परेको प्रहरीले जनाएको छ । बुधबार पक्राउ परेका उनलाई लागूऔषध मुद्धामा १० दिन म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.