www.tandavnews.com
Fact ~ In search of truth

स्थापना दिवसमा प्रेस चौतारी कास्कीको शुभकामना

पोखरा ।

प्रेस चौतारी नेपालको स्थापना दिवसको अवसरमा कास्की शाखाले शुभकामना व्यक्त गरेको छ । प्रेस चौतारी कास्कीले शुभकामना वक्तव्य जारी गर्दै आज प्रेस चौतारी नेपाल देशभरीका श्रमजीवी पत्रकारहरुको अभिभावक संस्था बन्न सकेकोमा कास्की शाखा त्यसको हिस्सेदार हुँदा गौरवान्वित महशुस गरेको उल्लेख गरेको छ ।

शाखाका अध्यक्ष अर्जुन गिरीले स्थापना दिवसको अवसरमा यसअघिका वर्षहरुमा विभिन्न कार्यक्रमको आयोजना गर्ने गरेकोमा यस वर्ष कोरोना महामारीका कारण र प्रशासनको स्वास्थ्य मापदण्ड सम्बन्धी निर्देशनको कार्यान्वयनका लागि कार्यक्रम आयोजना गर्न असमर्थ रहेको बताएका छन् ।

Batas

कोरोनाका कारण केही पत्रकार साथीहरु अस्वस्थसमेत रहेकाले उनीहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको छ ।

प्रेस चौतारी नेपालको नवौं महाधिवेशनको मिति स्थापना दिवसकै दिन पारेर घोषणा भएपनि कोरोनाको तेस्रो भेरियन्टले जनजीवन प्रभावित बनाउँदा स्थगन गरिएको अवस्था छ । प्रेस चौतारी कास्कीको आतिथ्यतामा पोखरामा हुने महाधिवेशन अवस्था सहज भएपछि हुनेछ । गठित मूल आयोजक समिति र उपसमितिहरुले काम गरिरहेका छन् ।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.