नवलपुर।
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवार निर्वाचित भएका छन् । प्रमुखमा एमालेका भीमलाल अधिकारी निर्वाचित भएका छन्।
अधिकारीले १६ हजार २१२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सूर्यबहादुर गुरुङले १४ हजार ६४५ मत प्राप्त गरे। उपप्रमुखमा एमालेकै पूर्णकला चौधरी निर्वाचित भएका छन्।
चौधरीले १६ हजार १२२ मत प्राप्त गरी निर्वाचित हुँदा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसकी टीककुमारी महतोले १४ हजार ६२४ मत प्राप्त गरे । पन्ध्र वडा रहेको मध्यविन्दुमा १० वडामा एमाले तथा पाँचमा कांग्रेस निर्वाचित भएको छ ।
रासस
© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.