www.tandavnews.com
Fact ~ In search of truth

जनताको सेवा गर्नु नै मेरो उम्मेदवारी

पाेखरा।
सुशासन र विकासका लागि मेरो उम्मेदवारी हो । २०४८ सालयता अति नै सामान्यभन्दा सामान्य आवश्यकता परिपूर्ती नभएको जनताको गुनासो छ । अबको पाँच वर्षमा ती आवश्यकता पूरा नभएका गुनासो सुन्नु नपर्ने गरी कार्य गर्न मेरो उम्मेदवारी हो ।

सरकारले दिने सेवा, संवैधानिक अधिकार, दैनिक आवश्यकताका कुरा प्राप्त गर्दा पनि अति नै ठूलो प्राप्ति जस्तो महसुस गर्नुपर्ने प्रशासनिक झन्झट हटाएर जनताप्रति सरकारका सेवा समर्पित छ भन्ने भावना पैदा गर्न पनि मेरो उम्मेदवारी हो । अहिले पनि कृषि, स्वास्थ्य, शिक्षा, जलविद्युत, खानेपानीका समस्या छन्, तिनलाई हटाउनु मेरो लक्ष्य हो ।

मेरो क्षेत्र पर्यटकीय दृष्टिकोणले पनि धनी छ, तर त्यसको पर्याप्त उपयोग हुन सकेको छैन । यस्ता साना साना कुरालाई पनि ध्यानमा राखेर जनताको सेवा गर्न म चुनावी मैदानमा छु । प्रदेश सरकारलाई कायमावी र प्रभावशाली बनाउन केही कानुन तर्जुमा गर्न बाँकी छ ।

Batas

केही ऐनमा संशोधन गर्नुपर्ने पनि छ । ऐन, कानुन अब्बल बनाएर ती ऐनलाई व्यवहारमा कार्यान्वयन गर्न म पहलकदमी लिनेछु । नेपालको परिवेशमा सांसद विधायिकामात्र होइनन्, विकासका अगुवा पनि हुन् ।

यस कारणले मेरो क्षेत्रमा भएका पर्यटन र कृषिका सम्भावना खोजेर समृद्धिको खाका कोर्न म प्रयत्नशील रहनेछु । यसका लागि स्थानीय तह र संघ सरकारसँग समन्वय गरी काम गर्ने छु । मैले असम्भव वाचा गर्दिनँ, प्रतिवद्धता गरेका कुरा कार्यकालभित्र पूरा गर्ने गरी लाग्छु ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.