रुपन्देहीको पाँचवटै निर्वाचन क्षेत्रमा मतगणना जारी छ । रुपन्देही निर्वाचन क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यका लागि गृहमन्त्री बालकृष्ण खाणको पनि उम्मेदवारी परेको हुँदा अहिले यो क्षेत्रलाई सर्वाधिक चासोका साथ हेरिएको छ ।
रुपन्देही निर्वाचन क्षेत्र नं ३ मा मायादेवी गाउँपालिका–७ र ८ तथा तिलोत्तमा नगरपालिका–१४ को मतगणना सकिएको छ । तीनवटा वडाको मतगणनाको परिणाम आउँदा गृहमन्त्री बालकृष्ण खाणले अग्रता कायम गरेका छन्। यी तीनवटै वडाको मिलाएर नौ हजार एक सय ३९ मतको गणना हुँदा खाणले तीन हजार चार सय २४ मत पाएका छन्।
उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता दीपक बोहराले तीन हजार तीन सय ७१ मतले खाणलाई पछ्याई रहेका छन्। सोही क्षेत्रको प्रदेशसभा (१) मा सत्ता लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोष पाण्डे तीन हजार ६७ मतका साथ अग्रस्थानमा छन्। उनलाई जनता समाजवादी पार्टीका महेन्द्र यादवले दुई हजार एक सय २८ मतका साथ पछ्याई रहेका छन्।
रासस
© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.