www.tandavnews.com
Fact ~ In search of truth

ओमद्धारा बाल मन्दिरलाई भौतिक सामाग्री प्रदान

पाेखरा ।

ओम डेभलपमेन्ट बैंक लि.ले पोखरा ३ नदिपुर स्थित बाल मन्दिर माध्यमिक बिद्यालयलाई भौतिक सामाग्री प्रदान गरेको छ ।

बिद्यालयमा आज आयोजित एक समारोहका बीच बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष देवेन्द्र किशोर बास्तोला र प्रधानाध्यापक सुशील बस्नेतलाई संयुक्त रुपमा प्रमुख कार्यकारी अधिकृत विश्व मोहन अधिकारीले उक्त सामाग्री हस्तान्तरण गरेका हुन । सो बिद्यालयमा हाल कक्षा १ देखी १२ सम्म गरी १३०० जना बिधार्थी अध्ययनरत छन् ।

Batas

बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बिभिन्न संघ संस्थाहरुलाई यसैगरी विभिन्न आर्थिक तथा भौतिक सहयोगहरु गर्दै आईरहेको छ ।

बिकास बैंकले आषाढ मसान्तसम्म २१ अर्ब ४५ करोड निक्षेप संकलन गरी १८ अर्ब ३६ करोड कर्जा लगानी गरेको छ भने शाखा संख्या ५३, ग्राहक संख्या करिब २ लाख ५० हजार, एटिएम संख्या १९ रहेको र बिकास बैंकहरुमध्ये शाखारहित बैकिङ सेवा प्रदान गर्ने पहिलो बिकास बैंक हो । बैंकले प्राइम कमर्सियल बैंकसंग एक्बिजिसनमा जानको लागि हालै मात्र समझदारीपत्रमा हस्ताक्षर गरेको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.