www.tandavnews.com
Fact ~ In search of truth

मित्रमीलन सहकारीसँग जोडिएका हल्ला र वास्तबिकता, अनि बचतकर्तालाई अनुरोध

ताण्डव न्यूज,
बरिष्ठ संवाददाता / विजय लम्साल

४२ करोड रुँपैँया दायित्वलाई १७ करोडमा झार्नु भनेकै संस्था बचतकर्ताप्रति उत्तरदायी छ भन्ने सबैभन्दा ठूलो प्रमाण हो । हाम्रो एकमात्रै ध्यान र उद्देश्य बचतकर्ताको बचत फिर्ता गर्न लगानी भएको ऋणको साँवा ब्याज र किस्ता उठाउने छ । लगानी भएको ऋणै नउठेको हुनाले नै बचत फिर्ता गर्न नसकिएको हो । ऋणीहरुबाट विस्तारै ऋण उठाउँदै जाने र त्यो तत्काल सम्भव नभए सहकारीको नाममा रहेको धनसम्पत्तीबाट भए पनि तिरिने छ । बचतकर्ताको बचत फिर्ता गर्न सक्ने सम्पत्ती सहकारीसँग छ, मात्रै बिक्री नभएको हो, त्यसका लागि बचतकर्ताको धैर्यको आवश्यकता छ ।

कास्कीको घाचोक र पोखरा मालेपाटनमा पुख्र्याैंली सम्पत्ती नै पुग्दो भएको हुँदा मलाई कुनै संस्थामा तलमाथि गर्ने न आवश्यकता न नियत छ । म कानुनी हिसाबमा चुकेको वा बदनियतपूर्वक काम गरेको देखिँदाका घडी सजायको भागिदार हुने नै छु । – विजय लम्साल

Batas

मित्रमिलन सहकारी सँस्थासँग जोडिएर आएका समाचारहरुबारे प्रष्ट पार्न आफ्ना भनाइ सार्वजनिक गर्दैछु । करिब ४ वर्षअघिमात्रै यो सहकारीको म सदस्य हुन गएको थिएँ । सहकारीको उपाध्यक्ष भएकोले संस्थाका खातापातामा मेरो कुनै दखल रहने कानुनी आधार भएन नै । मेरो हस्ताक्षर चल्ने पनि होइन र मैले सहकारीको सिष्टममा प्रवेश पनि पाउने कुरा भएन । खातापाता र सिस्टम चलाउने कर्मचारीहरुले नै हो । अध्यक्षको हस्ताक्षर चल्ने हो, उपाध्यक्षको होइन ।

देशमा आर्थिक मन्दी आएपछी सहकारी र बैंक सबैतीर तरल अभाव भएको सर्बविदित छ । सहकारीले गरेको लगानी उठ्न छाड्यो । धितोमा रहेका जग्गा जमिनहरु पनि लिलाम बिक्री नहुने अवस्था आयो । ऋणीले किस्ता बुझाउन पनि नसक्ने र धितो पनि लिलाम बिक्री नहुने अवस्थाले सहकारीलाई ठूलो चुनौती आइलाग्यो । बचतकर्ताका बचतबाटै ऋण लगानी भएको हो । तर ऋण नउठेपछि बचतकर्तालाई फिर्ता गर्न चुनौती भयो ।
संस्थासँग जोडिएको हुँदा संस्थाको दुखमा साथ दिनुपर्छ भनेर उल्टै मैले मेरो पुख्र्यौली सम्पत्तीलाई धितो राखेर राष्ट्रिय सहकारी बैंकबाट ५०,००००० (पचास लाख रुपैयाँ) निकाली सहकारीलाई उपलब्ध गराएको थिएँ । केहि समयपछी संस्थाबाट मैले वैधानिक तरिकाले ऋण लिएको छु । संस्थालाई तरलता अभाव भएपछि मैले चढिरहेको गाडि बेचेर ऋणको केही हिस्सा तिरिसकेको छू । ऋण तिरे पनि मेरो जमिन सहकारीको नामबाट राष्ट्रिय सहकारी बैंकमा अझै रोक्का छ । त्यतिमात्रै नभई संस्थाको दायित्व पुरा गर्न भनेरै मैले आफ्ना सुनका सिक्री र औठीसमेत बेचेर पैसा दिएको छु ।

संस्थाकै हित होस् भनेर मैले यसबीचमा २ पटक अध्यक्ष समक्ष राजीनामा बुझाएको थियँ । सहकारी ऐन अनुसार राजीनामा अधिवेशनबाट पारित हुनुपर्ने रहेछ । त्यो राजीनामा स्विकृत हुन सकेन । संस्था अप्ठेरोमा परेर बचतकर्ताको निक्षेप करिब ४२,००००,००० (बयालिस करोड रुँपैयाँ) फिर्ता गर्नुपर्ने भएको थियो । संस्थाका अध्यक्ष, कर्मचारी, मसहितको सक्रियतामा ऋण लगानी गरेको ठाउँबाट उठाउने काम गरियो । संस्थाको लगानी परेका जग्गा बेचबिखन कतिलाई नगद त कतिलाई बचत बराबरको मूल्यको जमिन पनि उपलब्ध गराइएको हो ।

बचतकर्ताप्रति उत्तरदायी भएरै सक्रीय हुँदा तिर्नुपर्ने ४२ करोडबाट जिम्मेवारी पुरा गरि १७ करोड रुँपैयामा झार्न सफल पनि भइयो । राष्ट्रिय सहकारी बैंकमा चितवनको चनौलीको जमिन धितो राखी २०८० साउन मशान्तमा मित्रमिलन सहकारीलाई २००००००० (दुई करोड रुँपैयाँ) तिरी जग्गा फुकुवा पनि गरिएको थियो ।

पोखराको लेकसाइडमा रहेको वाटरफ्रन्ट रिर्सोट पछाडीको १० रोपनी जमिन मित्रमिलनमार्फत राष्ट्रिय सहकारी बैंकमा धितो राखी करीब संस्थाले ४००००००० (चार करोड रुँपैयाँ) लगानी गरेको रकम लगानी गरेपछि न सावाँ न ब्याज भयो । अहिलेको अवस्थामा ९ करोड ७५ लाख रुपैयाँ संस्थामा आउनुपर्ने छ । तर एक सुका पनि आएको छैन । तसर्थ नै संस्थालाई समस्या भएको हो । सहकारिबाट ऋण लगेका विभिन्न व्यक्ती र संस्थाहरुले ऋणको किस्ता, ब्याज र साँवा केही पनि फिर्ता गर्न सकेका छैनन् । जसका लागी हामीले अनेकपटक ताकेता गरेका छौं ।

४२,०,००,००० (करोड रुँपैयाँ) दायित्वलाई १७ करोडमा झार्न भनेकै संस्था बचतकर्ताप्रति उत्तरदायी छ भन्ने सबैभन्दा ठूलो प्रमाण हो । अहिले दिनरात पनि बचतकर्ताकै लागि भनेर ऋणीहरुबाट पैसा उठाउन हामी खटिएका छौ । हाम्रो एकमात्रै ध्यान र उद्देश्य बचतकर्ताको बचत फिर्ता गर्न लगानी भएको ऋणको साँवा ब्याज र किस्ता उठाउने छ । सहकारी सबै बचतकर्ताको एक एक हिसाब बुझाउन, बचत फिर्ता गर्न पारदर्शि तरीकाले नै काम गरिरहेको छ । ऋणै नउठेको हुनाले नै बचत फिर्ता गर्न नसकिएको हो । अप्ठेरो अवस्था बुझेर धैर्यता राखिदिनु हुन बचतकर्ताहरुहरुलाई हाम्रो अपील छ । कतिपय मिडियामा आएको समाचारबाट भ्रमित नहुन सबै बचतकर्तालाई हाम्रो अनुरोध छ । ऋणीहरुबाट विस्तारै ऋण उठाउँदै जाने र त्यो तत्काल सम्भव नभए सहकारीको नाममा रहेको धनसम्पत्तीबाट भए पनि तिरिने छ ।

लेकसाइडको वाटरफ्रन्ट पछाडीको जमिन पनि धितो लिलाममा जाँदै छ, त्यसबाट आउने रकम पनि बचतकर्तालाई नै फिर्ता गर्ने हो । राष्ट्रिय सहकारी बैंकबाटै लिलाम नहोस् बरु मित्रमिलनले बेचबिखन गर्न सक्यो भने धेरै बचतकर्तालाई फिर्ता गर्न पैसा जम्मा हुन्छ । तर राष्ट्रिय सहकारीबाट लिलाम हुँदा राष्ट्रिय सहकारी बैंकको मात्रै पैसा उठछ् । मित्रमीलनले उक्त धितो राखीयएको जमिनको ऋणको किस्ता बुझाउँदै आएको पनि थियो । तर पछि तरलता अभावले गर्दा तिर्न कठीन भयो । त्यसैलाई जोगाउँदै धेरै बचतकर्तालाई तिर्न सक्ने पैसामा जमिन बिक्रीका लागि हामी लागिराखेका छौं । तसर्थ विश्वासपूर्वक धैर्यताका लागि सबै बचतकर्तालाई अनुरोध गर्दर्छाैं । हाम्रो कुनै कमजोरीले भन्दा पनि देशको आर्थीक अवस्थामा आएको गिरावटै कारण हाम्रो मात्रै नभई धेरै सहकारीलाई संकट आइलागेको सबैलाई जानकारी नै छ ।

कास्कीको घाचोक र पोखरा मालेपाटनमा पुख्र्याैंली सम्पत्ती नै पुग्दो भएको हुँदा मलाई कुनै संस्थामा तलमाथि गर्ने न आवश्यकता छ न नियत छ । म कानुनी हिसाबमा चुकेको वा बदनियतपूर्वक काम गरेको देखिँदाका घडी सजायको भागिदार हुने नै छु ।

पोखरा नयाँबजारमा अर्जुन गिरिका नाममा रहेको घर संस्थाका अध्यक्ष रमण पौडेलको व्यक्तिगत लगानि गरि जनकल्याण पराजुलीकी श्रीमती कमला पराजुलीबाट मेरो नाममा आएको थियो । उक्त घरका धनीसँग पराजुलीको लेनदेन व्यवहार सल्टिन सकेको रहेनछ । त्यसपछि नै मेरो नामबाट अर्जुन गिरिका नामा घर पास गरी दिने अध्यक्ष र मेरो सहमति भयो । त्यो घर न सहकारिमा धितो थियो न केही । बरु पुरानो घरभेटीको ऋण चुक्ता गरिदिन मैले सहकारीबाट ऋण लिने प्रक्रिया स्वरुप फर्म भरेको थिएँ । तर मैले ऋण पाइन । तर अहिले प्रक्रीयाका लागि भरेका ती फर्म सार्वजनिक गरी मेरो बदनाम गराउन खोजिएको छ । जब कि मैले ऋण पाएकै छैन। फर्म भर्दैमा कुनै संस्थाले ऋण दिइहाल्छ भन्ने कहाँ हुन्छ र ?
अध्यक्षको ब्यक्तीगत लगानी भएको तर मेरो नाममा भएको घर मैले अध्यक्षकै सल्लाहमा अर्जुन गिरिको नाममा पास गरेको थिएँ । अध्यक्ष र गिरिको आपसी कारोबार मिलेपछि अध्यक्षले त्यो घर मेरो नामबाट पास गरिदिन भनेका थिए । मैले पास गरिदियँ । अर्जुन गिरिले उक्त घर बैंकमा धितोमा राखी पुरानो घरभेटीलाई पैसा बुझाइदिएपछि व्यवहार क्लियर भएको थियो । उक्त घर अझै पनि बैंक ऋणमै छ । सहकारीसँग उक्त घरको कुनै सम्बन्ध छैन ।

संस्था बचतकर्ताको दायित्वबाट भागेको छैन र हामी पनि । संस्थाको रकम अपचलन गर्ने आवश्यकता र बदनियत छैन । मात्रै बचतकर्ताको पैसा फिर्ताको लागि भनेरै लगानी उठाउन अहोरात्र खटिएका छौं । तसर्थ फेरि पनि हाम्रो प्रयास सफल भइन्जेल धैर्यता राखि पर्खिदिन अनुरोध छ । कसैको पनि पैसा गुम्दैन, किन भने सहकारीमा कैफियत भएर समस्या आएको होइन कि लगानी गरेको ऋण नउठेर हो । सबैले विश्वास गरौं, धैर्यता गरौं, म आफ्नो जिम्मेवारी पूरा गर्न दत्तचित्त छु ।

© 2023 – 2024, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.