पोखरा
ताण्डव न्यूज ।
आफूलाई पत्रकार भन्ने तर त्यसका नाममा बार्गेनिङमात्रै गर्ने राजेन्द्र अधिकारीले धन्दा गर्दै अकुत सम्पत्ति जोडेको खुलेको छ । पत्रकारको आवारणमा अधिकारीले कसरी करोडौंको घर जोडे भन्ने रहस्यको विषय बनेको छ । अधिकारीले पहिला स्थानीय पत्रिकामा टाइपिस्टको काम गर्थे । अगतिलो काम गरेपछि उनलाई सो मिडियाले जागिरबाट निकाल्दियो । त्यसपछि विभिन्न व्यक्तिको लगानीमा मिडिया खोले । अधिकारीको बार्गेनिङ प्रवृत्तिकै कारण ती मिडिया सबै असफल भए ।
मूर्ख प्रवृत्तिका राजेन्द्रलाई प्रयोग गरे आफ्नो फाइदा हुने देखेपछि केही वर्षदेखि सिरोज कोइरालाले विभिन्न काममा लगाउँदै आएका थिए । मिडिया पनि नभएको र कुनै जागिर र उद्यम व्यवसाय नभएपछि राजेन्द्रलाई हातमुख जोर्न पनि धौ भयो । अनि कोइरालाले आफ्नो गाडी सोरुममा काम दिए । अध्ययन र शिप दुई नभएको राजेन्द्रले त्यहाँ कहिले गाडी हेर्ने त कहिले गाडी धुने विभागमा काम गर्थे । तर उनको पदको किटान थिएन । त्यहाँ उनले मासिक जम्मा २० हजार रुपैयाँ पाउँथे । त्यो काम पनि गतिलो नगरेपछि सिरोजले कामबाट निकालिदिए ।
सुको आम्दानी पनि नभएको र कुनै काममा पनि कहिल्यै नटिक्ने भएपछि घरमा निकै गाह्रो भयो । केही त गर्नै पर्छ, घर चलाउनुपर्छ भन्ने श्रीमतीको आग्रहलाई बेवास्ता गर्दै उनी फेरि सिरोजकै पछि लागे । घर चलाउन कठिन भयो भन्ने श्रीमतीको आग्रहलाई उनले अटेरमात्रै गरेनन्, उल्टै कुटपिट गरी घरबाट श्रीमतीलाई नै निकालिदिए । त्यतिमात्रै नभई उनलाई सम्झाइबुझाइ गर्न आफन्त र छिमेकीहरु पुगे । घर सम्हालेर बस्न तर कुनै इलम धन्दा गरी घर गरी खान राजेन्द्रलाई सुझाव दिए । तर उनकै चर्काे डाँको हुन्थ्यो । त्यसपछि न आफन्त न छिमेकी, सबै वैरी भए । श्रीमतीले बाध्य भएर डिभोर्स गरिन्, तर सम्पत्तिका नाममा एउटा स्कुटरमात्रै थियो । त्यहीं सम्पत्ति आधाआधा गर्न अदालतले फैसला दिँदा श्रीमती रित्तो हात नै निस्कन बाध्य भइन् ।
आजसम्म पनि राजेन्द्रको कमाइको स्रोत केही छैन । तर एकाएक उनले करोडौंको साढे ३ तले भव्य महल ठड्याएका छन् । पोखरा ७ शान्तिनगर चोकको महँगो ठाउँमा भव्य महल ठड्याउने उनको आम्दानीको स्रोत के हो त ? संकाको सुइ उनको बार्गेनिङ धन्दातिर घुमेको छ ।

‘सुको आम्दानी नभएको राजेन्द्रले भव्य महल बनाएको छ, हाम्रो नाम समाचारमा नहाल्दिनु होला है, त्यो त एक नम्बरको गुण्डा हो, यहाँ धेरैलाई कुटपिट गरेको छ यसले,’ उनीसँग पीडित बनेका व्यक्ति भन्छन, ‘मान्छे कुटेर जेल परेको मान्छे हो, महामूर्ख छ, जे पनि गर्छ ।’
घरमा कुनै आय स्रोत नभएको राजेन्द्रले अकुत सम्पती पत्रकारितालाई प्रयोग गरेर कमाएको सोझै देखिन्छ । विभिन्न गुण्डा र तस्करसँग सेटिङ गर्ने, चन्दा उठाउने लगायतको काममा सकृय छन राजेन्द्र ।
यस विषयमा राजेन्द्रसँग ताण्डवले कुरा गर्दा आफुले घर बनाएको स्वीकार गरे । ‘मैले लोन र हाते पैचो मागेर घर बनाएको हुँ,’ राजेन्द्रले झोक्किदै भने, ‘भाई मलाई नङ्ग्याएर के पाउछौ ?’ यस विषयमा थप कुरा गर्न खोज्दा उनले फोन काटिदिए । त्यसपछि ताण्डव न्यूजले उत्तिखेरै फोन गर्दा फोन उठेन । त्यति मात्र होइन राजेन्द्रले अन्य ठाँउमा पनि जग्गा किनेको सूचना आएको छ । त्यसको पुष्टि गर्न मालपोत कार्यालयमा सम्पर्क गर्ने कोसिस सार्वजनिक विदाले गर्न संभव भएन ।
© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.