www.tandavnews.com
Fact ~ In search of truth

सार्वजनिक यातायात चल्न नदिए थाल ठटाउँदै प्रर्दशन गर्छौँ : व्यवसायी, मापदण्ड पालना गरे सूचारु गराउँछौँ : कास्की प्रशासन

जीवन सुवेदी
पाेखरा/ताण्डव न्यूज

निषेधाज्ञाका कारण सार्वजनिक सवारी ठप्प भएपछि खुलाउन माग गर्दै व्यवसायीहरुले रित्तो थाल कटौरा सहित प्रर्दशन गर्ने बताएका छन् । निजि सवारीमा जोरविजोर प्रणाली लागू भएसंगै सार्वजनिक सवारीपनि सूचारु गराउनुपर्ने व्यवसायीहरुको माग छ । माग पूरा नभए प्रशासन अगाडी धर्ना बस्ने उनीहरुको भनाई छ ।

आफूहरुलाई अब व्यवसाय सञ्चालन गर्न नदिए थाल कचौरा बोकेर प्रशासन अगाडि खाना माग्न जाने पोखरा ट्याक्सी व्यवसायी कम्पनीका अध्यक्ष प्रकाशमणी तिवारीले बताए । “अब असार १६ गतेसम्म कुर्छौ त्यतिञ्जेल सम्म पनि प्रशासनले हाम्रो गुनासो सुनेन भने खाना माग्दै प्रशासनमा रित्ता थाल कटौरा सहित धर्ना बस्न जाने तयारी गरेका छौँ” तिवारीले भने ।

Batas

पोखरामा २ हजार २ सय वटा ट्याक्सी छन । ट्याक्सी व्यवसायी कम्पनीमा आवद्ध ७२ वटा साना माईक्रो छन् । निजि सवारीमा जोर विजोर प्रणाली लागू भएसंगै ट्याक्सी पनि चलाउन दिनुपर्ने माग उठेको हो । यहि असार १७ देखि आन्तरिक हवाई उडान पनि सूचारु गर्ने भनिएको छ । तर सार्वजनिक यातायातका साधनलाई भने राज्यले विभेद गरेको व्यवसयाीहरुको गुनासो छ ।

व्यवसाय बन्द हुँदा समेत राज्यलाई तिर्नुपर्ने कर तिर्नै पर्ने भएकाले व्यवसायीहरु निकै पीडामा रहेको पोखरा यातायात प्रालिका अध्यक्ष देव बहादुर गुरुङको गुनासो छ । “बैकहरुले तोकता गरेको ग¥यै छ, व्यवसाय चलाउनै मुस्कील भैसक्यो” उनले भने । प्रालिमा कूल ३ सय ८८ वटा बस सञ्चालित छन् । नगरबस सञ्चालनको अनुमती माग्न प्रशासनमा जाँदा आफूहरुका माग वेवास्ता गरिएको उनले बताए ।

राज्यले तोकेका मापदण्ड पालना गरेर सवारी सञ्चालन गर्न आफूहरु तयार रहेपनि आँफरुहलई विभेद गरेको पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिका अध्यक्ष योगेन्द्र बहादुर केसीले ताण्डव न्यूजलाइ बताए ।
“निजी सवारीसाधनमा संक्रमणको जोखिम नहुँने, सार्वजनिकमा हुने ? सार्वजनिक यातायात चाहिँ मान्छे मार्ने साधन जस्तो व्यवहार गर्ने ?” केसीले भने , कि सबै सवारी बन्द गर्न प¥यो, हैनभने सार्वजनिक सवारीका लागि राहतको व्यवस्था गर्नुप¥यो ।”

दिनभर काम गरेर विहान बेलुकाको छाक टार्नुपर्ने मजदुरहरुको बाध्यता सरकारमा रहेकाहरुले बुझ्न नसकेको उनको भनाई छ । “सरकारमा रहेकाहरुलाइ पनि नो वर्क नो पे भएको भए बल्ल जनताको पीडा थाहा हुन्थ्यो, उनीहरुले तलब पाईरहेका छन्, जनताको पीडा के थाहा हुन्थ्यो ?” केसीले भने ।

दुई महिनासम्म सवारीसाधन थन्क्याएर राख्नुपर्दा आश्रित मजदुरहरुको चुल्हो बाल्नै कठिन भएको उनले बताए ।

सरकारले गत बैसाख १६ गतेदेखि कास्की सहित विभिन्न १४ जिल्लामा निषेधाज्ञा सुरु गरेको थियो । यतिबेला भने महामारी केहि कम भएको भन्दै निषेधाज्ञालाई खुकुलो बनाउँदै लैजाने नीति लिएको छ ।

यसैबीच कास्की प्रशासनले सार्वजनिक सवारीसाधन सूचारु गर्ने तयारी गरेको छ । यहि असार १६ गतेदेखि सार्वजनिक सवारीमा कुल क्षमताको आधा संख्यामा यात्रु राखेर सञ्चालन गर्न पाउने गरी तयारी गरिएको श्रोतले जनाएको छ । “तोकिएको संख्याभन्दा बढी राखेको पाईएमा कडा कारवाही गर्ने गरी प्रशासनले सार्वजनिक यातायात चल्न दिने तयारी गरेको छ तर व्यवसायीहरुले पनि महामारी रोकथामका लागि स्वास्थ्य सुरक्षाका मापदण्ड ईमान्दार रुपमा पालना गर्नुपर्छ” श्रोतले भन्यो ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.