www.tandavnews.com
Fact ~ In search of truth

गायिका शितल शर्माद्वारा ढोरपाटनका बाढीपीडितलाई राहत सहयोग

पोखरा ।

गायिका एवं कलाकार शितल शर्माले बागलुङको ढोरपाटनका बाढीपीडितलाई राहत सामाग्री सहयोग गरेकी छिन् । शर्माले बाढीले घरबारविहीन भएका ,आफन्त गुमाएका परिवारलाई पाँच लाख बराबरको राहत सामाग्री सहयोग गरेकी हुन् ।

ढोरपाटन नगरपालिका वडा नं ५, ७, ८ र ९ बोबाङका पीडित परिवारलाई गायिका शर्माले नगद, लत्ता कपडा, खाद्यान्न र जस्तापाता लगायतका राहत सामाग्री सहयोग गरेकी हुन् ।

Batas

‘गायिका शर्माले राहत वितरण गर्दै भनिन् ‘उहाँहरुको यो दुःखमा थोरै भए पनि राहत पुगोस् भन्ने आशाले देश विदेशबाट आर्थिक संकलन गरेर राहत बाँड्न आएको हुँ ।’ ‘देश विदेशबाट सहयोग गर्नुहुने सबै दाजुभाई दिदी बहिनीहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।’

गायिका एवं कलाकार शर्माले ढोरपाटनमा आएको बाढी पहिरोले जनधनमा क्षति पु–याएपछि विभिन्न संघ संस्था, स्वदेश तथा विदेशमा रहनुभएका नेपाली नागरिकहरुबाट आर्थिक संकलन गरेकी थिईन् ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.