पोखरा
ताण्डव न्यूज ।
नेपाल टेलिकम पोखराले सेवाप्रवाहमा ढिलाई गरेको, गुणस्तरीय सेवा प्रदान नगरेको भन्दै अपिल त्रिपाठीले गरेको उजुरीमाथी जिल्ला क्षतीपुर्ति समितिले फैसला गरेको छ ।
समितिले टेलिकम उपभोक्ताप्रति दायित्व बहन गर्न उदासिनता देखाएको ठहर्दै कार्यालयलाई क्षतीपुर्ति स्वरुप ५ हजार रुपैंया भराउने फैसला गरेको हो ।

बिहिबार पत्रकार सम्मेलनको आयोजना गर्दै उपभोक्ता मञ्च कास्कीले यसबारे जानकारी गरायो ।
मञ्चका अध्यक्ष कपिलनाथ कोइरालाले नेपाल टेलिकमको इतिहासमै पहिलोपटक यस्तो घटना घटेको जनाए । उपभोक्ता सचेतनाको लागि यसले ठुलो भुमिका खेल्ने उनको विश्वास थियो ।
‘उपभोक्ताहरु जागरुक हुनुपर्छ । आफुले लिने सेवा भरपर्दो र चित्तबुझ्दो नभए जिल्ला क्षतीपुर्ति समितिमा उजुरि दिने व्यवस्था छ । तर, अधिकांश उपभोक्ता यसबारे बेखबर छन्’उनले भने ।
उजुरी दिएका उपभोक्ता अपिलले ५ हजार रकममा ठुलो नभएपनि, उपभोक्ता हकहितमा यस घटनाले महत्वपुर्ण भुमिका खेल्ने औंल्याए ।
भन्छन्‘रकम मात्रै ठुलो कुरो रहेन । उपभोक्ता जागरुक हुनुपर्छ भन्ने सन्देश दिन खोजेको हुँ ।’ क्षतीपुर्ति रकम भने उनलाई चित्त बुझेको छैन । एक लाख क्षती भएको दर्शाउँदै अपिलले उजुरी दिएका थिए ।
उक्त फैसला चित्त नबुझे ३५ दिनभित्र दुवै पक्ष उच्च न्यायलय जान सक्ने व्यवस्था छ ।
न्यायलय जाने वा नजाने भन्नेबारे निर्णय भने भैनसकेको उनले सुनाए ।
यो पनि पढ्नुहोस्
दुरसंचार कार्यालय पोखरासँग एक लाख क्षतिपुर्ती माग
दुरसञ्चारले दिएन चित्त बुझ्दो जवाफ, अपिलको निवेदन क्षतीपूर्ती समितिलाई
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.