www.tandavnews.com
Fact ~ In search of truth

तिजका अवसरमा बागमारा युवा सङ्गम समूहद्धारा सरसफाइ

पोखरा ।

नेपाली महिलाहरुको महान् चाड हरितालिका तिजका अवसरमा बागमारा युवा सङ्गम समूहले पोखरा महानगरपालिका–३३ मा आज सरसफाइ गरेको छ ।

सरसफाइमा सामाजिक सचेतना अभिवृद्धि गराउने उद्देश्यका साथ यहाँस्थित बरेली चोक, पानी ट्याङ्की, फेदीको चौतारा, महाकाली चोक, लुतेको चौतारालगायतका स्थानमा सरसफाइ गरिएको बागमारा युवा सङ्गम समूहका अध्यक्ष महेश्वर अर्यालले जानकारी दिए ।

Batas

समूहले हरितालिका तिजकै अवसरमा विगत चार वर्षयता गर्दै आएको तिज गीत, मैत्रीपूर्ण भलिबल, ठेलो हान्ने, डोरी तान्नेलगायतका प्रतियोगितात्मक कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिइने उनले बताए । (रासस)
–––

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.