www.tandavnews.com
Fact ~ In search of truth

कंगारुको अल नेपाल रोड शो हुदैं

पोखरा ।

कंगारु एजुकेशन फाउण्डेशनले बृहत शैक्षिक मेला गर्ने भएको छ ।

उच्च शिक्षाको लागी विदेश जान चाहने नेपाली विद्यार्थीलाई लक्षित गर्दै देशका मुख्य ५ शहरमा मेला आयोजना गर्ने भएको हो । कंगारु एजुकेशन फेयर : अल नेपाल रोड शो नाम दिईएको उक्त मेला आगामी कात्तिक २९ गते बिहिबार देखि शुरु हुनेछ ।

Batas

पहिलो रोड शो पुर्व झापाको मुख्य शहर विर्तामोडबाट शुरु हुनेछ । कात्र्तिक ३० र मंसिर १ गते हुने दोश्रो दिनको मेला काठमाडौंको पुतली सडक स्थित कंगारु एजुकेशन फाउण्डेशनकै कार्यालय परिसरमा हुनेछ ।

यस्तै मंसिर २ गते चितवन, मंसिर ३ गते बुटवल र मंसिर ४ गते पोखरा चिप्लेढुगां स्थीत सेलवेज टावरको पाचौं तलामा रहेको कंगारु एजुकेशन फाउण्डेशनको कार्यालयमा मेला गरेर उक्त शो समापन हुनेछ ।

सबै स्थानमा मेला संस्थाको आफ्नै कार्यालय परिसरमा हुनेछन् । मेलामा न्यूजिल्याण्ड, क्यानडा, अमेरिका, अष्ट्रेलिया र यूरोपका विभिन्न २४ विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरु उपस्थित हुने कंगारु एजुकेशन फाउण्डेशनका संस्थापक एबं प्रमुख कार्यकारी अधिकृत महेश बाबु तिमल्सिनाले बताए ।

मेलामा विद्यार्थीले आफू जान चाहेको देश, त्यहाँ जाँदा गर्नु पर्ने भिसा लगायतको प्रकृया, त्यसका लागि आवश्यक खर्च, अधययनका बिषय, काम गर्न पाउने अवधि, पाईने काम, हुने आम्दानी आदी चासोका कुरा सम्बन्धित देशका कलेज प्रतिनिधिहरुबाटै जान्न सक्नेछन् ।

मेलामा सहभागी हुनेलाई पुरस्कार र पछि प्रकृया गर्दा लाग्ने सेवा शुल्कमा संस्थागत रुपमा छुटको ब्यवस्था पनि गरिएको बताइएको छ ।

पोखरा र यस आसपासका बिधार्थी, अभिभाबकलाई लक्षित गरि हुने कंगारु एजुकेशन फेयर बिहान ९ बजे देखि ५ बजे सम्म हुनेछ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.