काठमाडौं ।
काठमाडौंमा साढे चार किलो चरेससहित गएराती दुई युवक पक्राउ परेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जले जानकारी दिएको छ।
पक्राउ पर्नेमा जाजरकोटको नलगाढ नगरपालिका–१ घर भइ हाल चन्द्रागिरि नगरपालिका–१० थानकोट बस्ने २३ वर्षीय भुवन बुढामगर र जाजरकोटको नलगाढ नगरपालिका–३ घर हाल थानकोट बस्ने २८ वर्षीय नविनप्रकाश पुन रहेको प्रहरीले जनाएको छ । उनीहरु काठमाडौंको गोगंबुबाट पक्राउ परेका हुन् ।
उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.