www.tandavnews.com
Fact ~ In search of truth

पिताको स्मृतीमा थकाली समाजलाई सहयोग

पोखरा ।

सहारा अष्ट्रेलियाका अध्यक्ष एवम मुग्लान रेष्टुरेन्टका संचालक राजमान थकाली तथा उनका परिवारले आफ्ना स्वर्गिय पिता हरि प्रसाद थकालीको स्मृतीमा ५ लाख सहयोग गरेका छन ।

राजमान थकाली र उनका दुइ भाई रत्न र पुस्कल थकालीले पिताको वार्षिकीको दिन तिन गाउँलै थकाली समाजको निर्माणाधिन भवनमा एक कोठा आफ्ना पिताको स्मृतीमा निर्माण गर्न समाजलाई उक्त रकम प्रदान गरेका हुन ।

Batas

राजमान, रत्न र पुस्कलले उक्त रकम बराबरको चेक तिन गाउँले समाजका अध्यक्ष क्षेत्र बहादुर थकालीलाई आइतबार हस्तान्तरण गरेका छन । सामाजिक व्यक्तित्व हरि प्रसाद थकालीको ६५ वर्षको उमेरमा निधन भएको थियो ।

अष्ट्रेलियामा रहेर आहा रारा गोल्डकपमा दोश्रो नगद पुरुस्कार प्रदान गर्दै आएका राजमान थकाली चेन रेष्टुरेन्ट मुग्लान र हिमाअस कन्सलटेन्सीका संचालक समेत हुन ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.