www.tandavnews.com
Fact ~ In search of truth

पोखरा विश्वविद्यालयका उपकुलपति शर्मालाइ कालाेमोसो दलियाे

ताण्डव न्युज ।

पोखरा विश्वविद्यालयका उपकुलपति प्राध्यापक चिरञ्जीवी शर्मामाथि मोसो दलिएको छ । काठमाडौँको चोभारको मञ्जुश्री पार्क नजिकै विद्यार्थीहरुको एउटा समूहले उनीमाथि मंगलबार दिउँसो मोसो दलेको हो ।

परिवारका सदस्यहरुसहित आफ्नो सवारीमा रहेका उनलाई विद्यार्थीहरुको समूहले मोसो दलेको थियो । नियमविपरित विद्यार्थी भर्ना गरेका पोखरा विश्वविद्यालय अन्तरगतका ४२ वटा निजी कलेजलाई कारबाहीको माग गर्दै आन्दोलनरत विद्यार्थीहरुले उनीमाथि मोासो दलको प्रत्यक्षदर्शीले बताएका छन् ।

Batas

१५ दिनदेखि पोखरा विश्विद्यालयको केन्द्रीय कार्यालयमा नगएका शर्मा काठमाडौँ रहँदै आएका थिए । आन्दोलन चर्काउँदै जाँदा पनि माग सम्बोधन गर्न चासो नदिइ प्रहरी लगाएर दमन गरेको भन्दै विद्यार्थीहरु शर्मासँग आक्रोशित भएका थिए ।  मंगलबार मात्रै नियमविपरित भर्ना लिएका कलेजमाथि कारबाही माग गर्दै नेविसंघका विद्यार्थीहरुले प्रदर्शन गरेका थिए ।

राजधानीको मध्यवानेश्वर क्षेत्रमा भएको प्रदर्शनका क्रममा नेविसंघका निवर्तमान केन्न्द्रीय सदस्य नवराज त्रिपाठीलाई प्रहरीले पक्राउ गरेको थियो ।  विद्यार्थीहरुले नियमविपरित भर्ना गर्ने कलेजमाथि कारबाही  माग गर्दै काठमाडौँ र पोखरामा दिनहुँ प्रदर्शन गरिरहेका छन् । सोमबार मात्रै पोखरामा प्रदर्शनमा उत्रिएका ८ जना विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको थियो ।

विद्यार्थीको आन्दोलनकाबीच पोखरा विश्वविद्यालयले सेमेस्टर परीक्षालाई प्रहरीको सुरक्षामा सञ्चालन गरिरहेको छ । सोमबार करिब ४५ जना विद्यार्थीले परीक्षा दिन पाएनन् । मंगलबार पनि करिब एक सय जनाले परीक्षा बहिष्कार गरेका छन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.