www.tandavnews.com
Fact ~ In search of truth

समृद्धिका लागि हरित स्रोत उपयोग

काठमाडौं ।

वातावरण क्षेत्रका जानकारले मुलुकको हरित प्राकृतिक स्रोत साधनको दिगो उपयोगले नै समृद्धि हासिल गर्न सकिनेमा जोड दिएका छन् ।

नेपाल वातावरण पत्रकार समूहले यहाँ आज आयोजना गरेको अन्तरक्रियामा उनीहरुले जुडीबुटीलगायत वातावरणीय स्रोतसाधनको उपयोगमा परम्परागत ज्ञान, सीप र अनुभवमा विज्ञानको प्रयोग गरेर गरीबी निवारण गर्न सकिने धारणा व्यक्त गरे ।

Batas

कार्यक्रममा सांसद राजेन्द्रकुमार केसीले कृषि, वन, जडीबुटीलगायत हरित स्रोत नै मुलुक समृद्धिका आधार भएको उल्लेख गर्दै त्यसका लागि सोच र साधनलाई उपयोग गर्नुपर्ने बताए ।सुदूरपश्चिम प्रदेशका प्रमुख प्रतिपक्षी दलका नेता डा रणबहादुर रावलले मुलुकको प्राकृतिक स्रोत र जनशक्तिको परिचालन गर्न उचित राजनीतिक वातावरण आवश्यकपर्नेमा जोड दिए ।

बायो प्रविधि विज्ञ तथा व्यवस्थापक नारायण घिमिरेले प्राकृतिक स्रोतको अन्तिम उत्पादन गर्न सकेमात्र आर्थिक क्षेत्रमा गुणात्मक उपलब्धि हासिल हुने बताउँदै जडीबुटीको आधुनिक व्यवसाय गर्नसके स्थानीयस्तरमा रोजगारी सिर्जना भई गरीबी निवारणमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा. प्रभु बुढाथोकी, व्यवसायी भरत बस्नेत, वातावरण पत्रकार समूहका महासचिव निमेष रेग्मीलगायत वातावरणविद्ले प्राकृतिक स्रोतसाधन उपयोगको परम्परागत र रैथाने सीप तथा ज्ञानलाई नै आधुनिक विज्ञानसँग जोड्नसके आर्थिक समृद्धि हासिल गर्न सकिने विचार व्यक्त गरेका थिए। रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.