www.tandavnews.com
Fact ~ In search of truth

प्रदेश ४ मा राष्ट्रियसभाको लागि भएको मतदान सकियो

पोखरा ः प्रदेश ४ को राष्ट्रियसभा निर्वाचनको मतदान सम्पन्न भएको छ । मतदान गरेर सबै मतदाता हिँडे पनि सम्पन्नको घोषणा पूर्वनिर्धारित भनिएको समय ३ बजेमात्रै गरिने भएको छ ।
क्षेत्रीय निर्वाचन कार्यालय प्रमुख गंगालाल सुवेदीका अनुसार स्थानीय तहका प्रमुख, उपप्रमुख १७० जना सबैले मतदान गरे भने प्रदेशसभा सदस्यमध्ये पक्राउ परिने डरले लुकेका मनाङका दीपक मनाङ्गे भनिने राजीव गुरुङबाहेक ५९ जना सबैले मतदान गरेका छन् ।
प्रदेश ४ बाट ८ सीट मध्ये अपांगताको कोटामा कांग्रेसका प्रकाश पन्थ निर्विरोध भएपछि ७ सीटका लागि मतदान भएको हो । राष्ट्रियसभाका लागि एमालेबाट गणेश तिमिल्सिना, दीपा गुरुङ, शान्ति अधिकारी, माओवादीबाट दीनानाथ शर्मा, खुमबहादुर बिक, कांग्रेसबाट सुरेन्द्रराज पाण्डे, विन्दा राना, जीतबहादुर नेपाली र राष्ट्रिय जनमोर्चाका कृष्ण अधिकारी र मीना पुन उम्मेदवार छन् ।
मतगणना साँझ ५ बजेदेखि थालिने मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले बताएका छन् ।

Lama collectio News Middle

© 2018, अर्जुन गिरी. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
Hotpop