www.tandavnews.com
Fact ~ In search of truth

प्रधानमन्त्री देउवाको अध्यक्षतामा प्रजातन्त्र दिवस समारोह समिति

प्रधानमन्त्री देउवाको अध्यक्षतामा प्रजातन्त्र दिवस समारोह समिति
काठमाण्डौं (रासस) ः सरकारले ६८ औँ राष्ट्रिय प्रजातन्त्र दिवस भव्यताका साथ मनाउने भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा गठित प्रजातन्त्र दिवस मूल समारोह समितिको बुधबार बसेको बैठकले ६८ औँ प्रजातन्त्र दिवसलाई भव्यताका साथ मनाउने निर्णय गरेको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले फागुन ६, ७ र ८ गते ३ दिनसम्म देशभर प्रजातन्त्र दिवस मनाउने निर्णय गरेको छ । यसै अवसरमा फागुन ७ गते काठमाडौंको टुँडिखेलमा राष्ट्रपति विद्या भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुनको उपस्थितिमा विशेष समारोह आयोजना हुनेछ ।
प्रजातन्त्र दिवसलाई देशभर भव्यताका साथ सम्पन्न गर्न विभिन्न उपसमितिहरु पनि गठन गरिएको मूल समारोह समितिका अध्यक्ष एवम् प्रधानमन्त्री देउवाले जानकारी दिए । उनँले प्रजातन्त्र दिवसमा नेपाली जनता उत्साहका साथ सहभागी हुने विश्वास पनि व्यक्त गरे । प्रधानमन्त्री देउवाले निर्वाचन सम्पन्न भएसँगै मुलुक नयाँ युगमा प्रवेश गरेको उल्लेख गर्दै अव राजनीतिक स्थायित्व कायम हुने विश्वास पनि व्यक्त गरे ।
प्रजातन्त्र दिवसलाई भव्यताका साथ सम्पन्न गर्न प्रचार प्रसार उपसमिति, मंच सजावट तथा व्यवस्थापन उपसमिति र ग्राउन्ड, कवाज, व्यायाम व्यवस्थापन समन्वय उपसमिति पनि गठन गरिएको छ । सैनिक मंच टुँडिखेलमा आयोजना हुने विशेष समारोहलाई भव्यताका साथ सम्पन्न गर्न आवश्यक समितिहरु गठन गरिएको गृह मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले जानकारी दिए ।
विदेशस्थित नेपाली दुतावास, नियोग तथा वाणिज्यदुतावासमा पनि प्रजातन्त्र दिवस विविध कार्यक्रम गरी मनाइनेछ । गृह मन्त्रालयका अनुसार प्रदेश र स्थानीय तहमा पनि प्रजातन्त्र दिवस मनाउनका लागि विभिन्न समितिहरू गठन गरिएको छ ।

© 2018, अर्जुन गिरी. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.