www.tandavnews.com
Fact ~ In search of truth

चाइल्ड वेलफेयर र रोटरी पोखरा प्याराडाइजद्धारा ‘रि-युजेबल सेनेटरी प्याड’ बनाउने तालिम सम्पन्न

पोखरा ।

चाइल्ड वेलफेयर एण्ड एडुकेसन र रोटरी क्लब अफ पोखरा प्याराडाइजको आयोजनामा एक दिने रि-युजेबल (पुनः प्रयोग गर्न मिल्ने) सेनेटरी प्याड बनाउने तालिम सम्पन्न भएको छ । शनिबार खहरेस्थित ‘प्यासन नेपाल इको लज’को योगा हलमा तालिम दिइएको थियो ।

Batas

बिहान १० बजेदेखि दिउसो ४ बजेसम्म आयोजित तालिममा ८ जना महिलाहरुले सेनेटरी प्याड बनाउने तालिम लिए । डेज फर गल्र्स लमजुङ इन्टरप्राइजकी अनिता गुरुङ र डेज फर गल्र्स अष्ट्रेलियाकी डायन बर्चले महिलाहरुलाई रि युजेबल सेनेटरी प्याड बनाउन तालिम दिएका थिए ।

तालिममा विशेषतः कास्कीका विभिन्न बालगृह र सिलाई सम्बन्धि काम गर्दै आएकाहरुको उपस्थिती रहेको थियो ।

तालिममा रोटरी क्लब अफ पोखरा प्याराडाइजकी अध्यक्ष सुशिला केसी अधिकारी, फाउण्डेसन चेयर एमडी काफ्ले, जोइन्ट सेक्रेटरी/पब्लिक रिलेसन चेयर जसु गुरुङ, सर्भिस कमिटि चेयर दीपक गुरुङ र क्लब एड्भाइजर लक्ष्मी थापा गिरीको उपस्थिती रहेको थियो ।

 

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.