www.tandavnews.com
Fact ~ In search of truth

सन्दिपले विकेट लिएसँगै, नेपाललाई चौथो सफलता

आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत नेपालले दिएको १३९ रनको लक्ष्य पछ्याएको ओमानको चौथो विकेट गुमाएको छ । २६ औं ओभरको पाँचौ बलमा लामिछानेले ओमानी खेलाडी अकि खावार अलीलाई बोल्ड गरेका हुन् । उनले १६ बलमा ११ रन बनाएका थिए । नेपाललाई यो ठूलो सफलता हो ।

यसअघि उनले १०औं ओभरको अन्तिम बलमा नेपाललाई दोस्रो सफलता दिलाउने क्रममा व्यक्तिगत पहिलो विकेट लिएका थिए । नेपालका लागि सोमपाल कामी र बसन्त रेग्मीले पनि १÷१ विकेट लिएका छन् । ताजा स्थितिमा ओमानले २७ ओभरमा ४ विकेट गुमाएर ९७ रनमा खेलिरहेको छ ।

नामिवियाको विन्डहकस्थित एफिज पार्क मैदानमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको नेपाली टिमले निर्धा्रित ५० ओभरको खेलमा ४६ ओभरमा अलआउट हुँदै १३८ रन बनाएको थियो ।

Batas

© 2018, अर्जुन गिरी. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.