www.tandavnews.com
Fact ~ In search of truth

कोरियामा आजबाट सुरू हुँदै शीतकालीन ओलम्पिक

शीतकालीन ओलम्पिक खेलकुद आजबाट दक्षिण कोरियामा सुरू हुँदैछ। २३ औं संस्करणको यस विन्टर ओलम्पिक दक्षिण कोरियाको प्योङचाङमा हुनेछ ।
विन्टर ओलम्पिकको इतिहासमै सबैभन्दा चिसो मानिएको प्योङचाङ ओलम्पिक १७ दिन चल्नेछ । १३ स्थानमा हुने विन्टर ओलम्पिकमा १५ खेलमा प्रतिस्पर्धा हुनेछ । कूल १०२ पदकको लागि ३ हजार बढी खेलाडीले स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् ।
यो पटकको विन्टर ओलम्पिक राजनैतिक चासोको विषय समेत बनेको छ । उत्तर कोरिया र दक्षिण कोरियाबीचको चिसो सम्बन्धको कारण पनि विन्टर ओलम्पिक चासोको बिषय बनेको छ । यसै ओलम्पिकबाट दुई कोरियाबीचको सम्बन्धमा सुधार आउने बताइएको छ ।
उत्तर कोरियाले खेलाडी, चियर लिडर्स, कलाकारसहितको ५५० सदस्य टोलीलाई दक्षिण कोरिया पठाएको छ । दुई कोरियाका महिला आइस हक्की टिम एकै टिम भएर प्रतिस्पर्धासमेत गर्नेछन् ।

© 2018, अर्जुन गिरी. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.