पोखराको सभागृहमा राखिएको जुत्ता चप्पल व्यापार मेलाको लोकप्रियता बढेको छ । मेलामा आएर जुत्ता चप्पल किन्नेको संख्या दैनिक बढिरहेको आयोजकले बताएका छन् ।
अघिल्लो वर्षको जुत्ता मेलाको तुलनामा अहिले झन् बढि उपभोक्ताहरु मेलामा जुत्ता चप्पल किन्नका लागि आएको आयोजक नेपाली जुत्ता घर प्रालिको दाबी छ ।
‘खुला बजारमा सिन्डिकेट लाद्न खोजिएपनि उपभोक्ताहरुले मेलामा आएर जुत्ताचप्पल खरिद गरि हामीप्रति देखाएको विश्वासले हामीलाई अझै बढि हौसाएको छ,’ मेला आयोजक मध्येका एक रन शुजका रुद्र न्यौपानेले भने,‘उपभोक्ताको यो मायालाई हामीले आत्मसात गरेका छौँ ।’

यस अगाडि एक महिना हुने भनिएको जुत्ता मेला एक हप्तामात्रै हुने गरि महानगरले स्विकृति दिएपनि उपभोक्ताहरुले भने मेलाको अवधी अझै लम्बाउनुपर्ने माग राख्दै आएका छन् ।
स्थानीय व्यवसायीको विरोध भएपनि मेलामा उपभोक्ताको सहभागिता देखेर आफूहरु सफल भैसकेको आयोजकको दाबी छ ।
जुत्ता मेलामा नेपालमा जुत्ता उत्पादन गर्दै आएका ९ वटा कम्पनीहरु एकै ठाऊँबाट आफ्नो उत्पादन बेचिरहेका छन् । नेपाली उत्पादनलाई प्रबद्र्धन गर्ने मेलाको उद्देश्य हो ।
मेलामा बिएफ डियर हिल, शिखर शुज, रोयल शुज, क्रसरोड शुज, रन शुज, फुटल्याण्ड शुज, कदम शुज र हाइलाइफका जुत्ताहरु मेलामा विक्रिका लागि राखिएका छन् ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.