
पोखरा।
सांगीतिक भिडमा अर्की आशा लाग्दी गायिका लक्ष्मी बानियाको प्रस्तुतिमा अहिलेका व्यस्त चर्चित लोकदोहोरी गायक पशुपती शर्माको शब्दलय रहेको “तेरी बुढि आई मिठो मिठो खाई ” सार्वजनिक गरिएको छ ।
छोटो समयमानै धेरैले मन पराएको उक्त गीतमा छोरा बुहारीका कारण समाजका परिवार भित्र आमा बुबाले भोग्नु परेको समस्यालाई प्रस्तुत गरिएको छ । गीतको अडियो भर्सन अनुसार भिडियो पनि निर्माण गरि सकिएको छ । २ दिन अघि मात्र युट्युब मार्फत सार्वजनिक गरिएको उक्त गीतलाई डेढ लाख बढिले हेरिसकेका छन् ।

छोराका बाउ बनेका पशुपती शर्मा र आमा बनकी गायिका लक्ष्मी बानियाको गीतमा शर्मा र बानिया सहित युवराज भण्डारी ,राजेन्द्र नेपाली ,सफल साप्कोटा लगायतका कलाकारको अभिनय रहेको छ । गीतमा निर्देशन एवम् छायाकंन दुर्गा पौडेलको छ ।
पोखरालाई कर्म थलो बनाएर विगत ५ वर्ष देखि निरन्तर संगीत पेशामा क्रियाशिल बानियाको यस अघि गरिब बाउकी छोरी (एकल गीत) , मैले मन दिदा (आधुनिक गीत) सार्वजनिक भईसकेको छ ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.