www.tandavnews.com
Fact ~ In search of truth

मदन भण्डारी राष्ट्रिय पुरस्कार कोइरालालाई

काठमाडौँ (रासस)

नेकपा (एमाले) केन्द्रीय प्रचार प्रसार विभागद्वारा स्थापित ‘मदन भण्डारी राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७४’ यस वर्ष वरिष्ठ पत्रकार तथा लेखक कमल कोइरालालाई प्रदान गरिने निर्णय भएको छ ।

विभागको आज बसेको प्रचारप्रसार बैठकले मदन भण्डारीको व्यक्तित्व, राजनीतिक गतिविधि र ‘जनताको बहुदलीय जनवाद’ बारेमा विभिन्न लेखमार्फत उजागर गरेकाले उहाँलाई उक्त पुरस्कार दिने निर्णय गरेको विभागका सचिव विष्णु रिजालले जानकारी दिनुभयो । पुरस्कारको राशि रु ५१ हजार र सम्मानपत्र रहनेछ ।

Batas

वरिष्ठ पत्रकार तीर्थ कोइरालाको संयोजकत्वमा सदस्य डा महेन्द्र विष्ट र शीतल साह रहेको छनोट समितिले कोइरालालाई उक्त पुरस्कार दिने निर्णय गरेको हो । पुरस्कार बुधबार दिइनेछ । गत वर्ष पहिलो पटक उक्त पुरस्कार फोटो पत्रकार चन्द्रशेखर कार्कीलाई दिइएको थियो ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.