पोखरा ।
कास्की जिल्ला शारिरिक सुगठन तथा फिटनेस संघकौ आयोजनामा आगामी जेठ १९ गते पोखरामा “प्रथम मिस्टर पोखरा शारिरिक सुगठन प्रतियोगिता–२०७५” हुने भएको छ ।
सो बारे जानकारी दिंदै संघका अध्यक्ष राजु कुमार थापाले १६ जिल्लालाइ समेटेर पश्चिमाञ्चल क्षेत्रिय स्तरको प्रतियोगिता आयोजना गरिने बताए ।

उनका अनुसार प्रतियोगितामा कुल १ सय २५ जना खेलाडीले विभिन्न तौल सुमह र विद्यामा प्रतिष्पर्धा गर्ने छन । यो प्रतियोगितामा कुनै पनि राष्ट्रिय खेलमा गोल्ड मेडलिष्ट खेलाडीलाई भने समावेश नगरिने उनले बताए ।
संघका सचिव दिपक बास्तोलाका अनुसार ५५, ६०, ६५, ७०, ७५ र ७५ केजी भन्दा माथी तौल समुहका खेलाडीले प्रतिष्पर्धा गर्ने बताए ।
विजेता खेलाडीले मध्ये प्रतियोगितामा ओभर अल च्याम्पियनले नगद ५० हजार र विभिन्न तौल सुमहका विजेताले प्रत्येक समुह बाट प्रथम, द्वितिय र तृतियले क्रमश नगद १०, ७ र ५ हजारका साथमा मेडल, प्रमाणपत्र र ट्रफी समेत प्रदान गरिने छ ।
प्रतियोगिता सम्पन्न गर्न कुल ५ लाख लाग्ने अध्यक्ष थापाले जानकारी दिए । युवाहरु भित्र लुकेर रहेको क्षमतालाई प्रष्फुटन गराई अन्तर्राष्ट्रिय स्तरको खेलाडी उत्पादन गर्ने लक्ष्य रहेको उनले बताए ।
संघले हालै मात्र स्र्पोट्स मेडिसिनको कार्यक्रम पनि सफलता पूर्वक सम्पन्न गरेको जानकारी दिए ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.