पोखरा ।
विश्व थाईराइड दिवसको अवसरमा पोखरा डाइविटिज एण्ड थाईराइड क्लिनिक प्रालिले थाईराइड सम्बन्धि सचेतना र्याली गर्ने भएको छ ।
यही जेठ ११ गते विहान ७ बजेबाट सुरु हुने र्याली विपिचोक देखि सभागृह चोक हुँदै क्लिनिक सेन्टरमा आई उद्घाटन समारोहमा परिणत हुने प्रा.लि. का अध्यक्ष राजन श्रेष्ठले जानकारी गराए ।

सोहि कार्यक्रममा थाईराइडका विषयमा जानकारी प्रदान गर्नुका साथै रोगको पहिचान र उपचारका विषयमा समेत सचेतना प्रदान गरिने भएको हो । विरामीको समस्यालाई मध्यनजर गर्दै अत्याधुनिक ल्याव तथा थाईराइड सम्बन्धि भिडियो एक्सरे सेवा सञ्चालन गर्न लागिएको श्रेष्ठले बताए ।
पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसिको प्रमुख आतिथ्यमा हुन लागेको कार्यक्रममा थाईराइड, हर्मोन, तथा मधुमेह सम्बन्धी नेपालकै पहिलो विशेष विशेषज्ञ डिएम डा. अंशुमाली जोशीले सचेतनामुलक परामर्श प्रदान गर्ने जनाईएको छ ।
थाईराइडको दैनिक परीक्षणका लागि डा. सुरज बराल रहेका छन् भने थाईराइड तथा मधुमेहको नियमित परिक्षण हुने क्लिनिकमा उक्त रोगका कारणले हुने अन्य समस्याहरुका लागि मृगौला तथा पिसाव नली रोग विशेषज्ञ, स्त्री रोग विशेषज्ञ तथा बालरोग बिशेषज्ञले सेवा प्रदान गर्ने भएको अध्यक्ष श्रेष्ठले बताएका छन् ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.