www.tandavnews.com
Fact ~ In search of truth

रोट्रयाक्ट क्लब अफ पोखराद्वारा शैक्षिक समाग्री वितरण

पोखरा ।

रोट्रयाक्ट क्लब अफ पोखराको आयोजनामा मोदी गाउँपालिका वडा नं. ८ चित्रे स्थित श्री धौलाश्री आधारभूत बिद्यालयमा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न भएको  छ । “शिक्षा सबैको लागी” भन्ने मूल नाराका साथ बिभिन्न क्षेत्रहरूका बिद्यालयमा शैक्षिक सामग्री वितरण गर्दै आएकोमा बिगतका बर्षहरु जस्तै यस वर्ष मोदी गा.पा.-८ चित्रेको धौलाश्री आधारभुत बिद्यालयमा सो कार्यक्रम सम्पन्न भएको छ ।

बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष शूक बहादुर गुरुङको अध्यक्षतामा  संचालित उक्त कार्यक्रममा २३ जना विद्याथीहरूलाई १ ज़ोर स्कुल ड्रेस, झोला, कापी, कलर पेंसिल, चित्र कलम  साथमा खेलकूद सामग्री प्रदान गरिएको थियो ।

Batas

कार्यक्रममा बिद्यालयका शिक्षक कृष्ण प्रसाद ढुंगानाले स्वागत मन्तब्य दिदै बिद्यालयको जानकारीर  बिद्यार्थीको अवस्थाको बारेमा प्रस्ट पारे ।  रोट्रयाक्ट क्लब अफ पोखराले गरेको सहयोग निकै नै सहरानिय भएको र आगामी दिनहरुमा पनि निरन्तर सहयोग र साथको अपेक्षा रहेको धारणा ब्यक्त गरे ।

रोटरी नेपाल लिटरेसी मिसन, रोटरी क्लब अफ पोखरा, रोट्रयाक्ट क्लब अफ पोखराका पुर्ब  अध्यक्ष शिव प्रसाद तामाङ, सगुन कर्माचार्य, निरन्जन तजीया एबम मथुरा साहुको पसलले उक्त कार्यक्रममा आर्थिक एबम भौतिक सहयोग गरेका थिए ।  उक्त कार्यक्रम मोदी गाउपालिका -८ का वडाध्यक्ष शूक बहादुर गुरुङको प्रमुख आतिथ्यता रहेको थियो ।  रोट्रयाक्ट क्लब अफ पोखराका अध्यक्ष रो. सुदिप गुरुङले युवाहरुको जमातले समाजसेवा र शैक्षिक क्षेत्रमा हातेमालो गरि अगाडी बढ्न पाएकोमा खुसी ब्यक्त गरेका थिए । संरचना बलियो हुनका लागि जग बलियो हुनु पर्ने हुदा सबैले प्राथमिक शिक्षा प्रदान गर्ने यस्ता आधारभूत बिद्यालयमा सहयोग गर्न प्रेरित हुनु पर्ने कुरा ब्यक्त गरेका थिए ।

 प्राथमिक तहको पढाई संचालन हुने उक्त बिद्यालयमा आएर सहयोग गरिदिनु भएकोमा सम्पूर्ण रोट्रयाक्ट क्लब अफ पोखरा परिवारलाइ धन्यवाद ज्ञापन गर्दै बिद्यालयकी प्रधानाध्यापक पूर्ण कुमारी गुरुङलेआभार प्रकट गरेकी थिईन ।   कार्यक्रममा  रोट्रयाक्ट क्लब अफ पोखराका अनिश पालिखे, प्रवेश गौतम, शान्ति अधिकारी, विकास अधिकारी, निर्मला सुबेदी, शोभा गिरी, नेपाल पर्यटन बोर्डका प्रतिनिधि बिष्णु तिमिल्सिना एबम स्थानिय समाजसेवी प्रेम कुमार गुरुङकाे उपसि्थती रहेकाे थियाे ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.