www.tandavnews.com
Fact ~ In search of truth

कोपिला नेपाललाई अम्रेला क्याफेको आर्थिक सहयोग

पोखरा
ताण्डव न्यूज ।

अम्रेला क्याफेका संचालक सितामान घिसिङले कोपिला नेपाललाई आर्थिक सहयोग प्रदान गर्ने भएका छन् ।

कोपिला नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै घिसिङले किशोरीहरुको लागि शिक्षा र स्वास्थ्यमा आफ्नो व्यापारको २ प्रतिशत मासिक मुनाफा सहयोग गर्ने बताएका छन् ।

Batas

कार्यक्रममा कोपिला नेपालका निर्देशक तिर्थबहादुर थापा र क्याफेका संचालक सितामान घिसिङले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

खहरे चोक स्थित रहेको क्याफेले, विदेशीले छोडेका कपडा संकलनबाट ‘सन्डे सेकेन्ड ह्यान्ड मार्केट’ सुचारु गरेको छ । उनले मार्केटको नाफाको ५० प्रतिशत सहयोग समेत गर्ने बचन व्यक्त गरेका छन् ।

घिसिङले ‘कोपिला नेपालले गर्ने कार्याक्रम, इभेन्टहरु अम्रेला क्याफेमा संचालन गर्दा क्याफेले निःशुल्क सेवा प्रदान गर्ने बताए ।

निर्देशक थापाले कोपिला नेपाल मानसिक असहाय, भुकम्प पिडित, किशोरीमैत्री विकासको क्षेत्रमा अग्रसर भएर अघि बढिरहेको जानकारी दिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.