पोखरा
ताण्डव न्युज ।
माछापुच्छ्रेले हजारौँ मानिसलाई फेवातालको छेउमा आफुसँगै मन्त्रमुग्ध पारिरहन्छ । त्यसैमा थप सौन्र्दय थप्नको लागि गण्डकी सरकार र पोखरा महानगरपालिकाले पोखराको ड्याम साइडमा ८० फिट उचाइको नेपाली राष्ट्रिय झण्डा सहितको माछापुच्छे« प्रतिबिम्ब पार्क निर्माणको सुरुवात गरेको छ ।
चार करोड रुपैयाँ लागतमा बन्न लागेको उक्त पार्क चालु आर्थिक वर्षमा एक करोड रुपैयाँ लगानी गरिएको छ । सोमबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पार्कको शिलान्यास गरे । पार्कको निर्माणको पहिलो चरणमा काम गर्न पोखरा १७ को बिनु कन्स्ट्रक्सनले जिम्मा पाएको पोखरा महानगरपालिकाका सिनियर डिभिजनल इन्जिनीयर सोभियत खड्काले जानकारी दिए ।
पार्कमा टिकट काउण्टर, टि–सप, पिउने पानीको ब्यवस्था, पानीको फोहोरा, रेस्टरुम, पेभिलियन, वालउद्यान, ८० फिट अग्लो नेपालको राष्ट्रिय झण्डा रहने छ । पार्कमा झण्डा ठडिएपछि माछापुच्छे«को छायाँसँगै राष्ट्रिय झण्डा पनि तालमै पौडी खेलिरहन्छ ।

पार्कको डिजाइन सोफिया गुरुङले गरेकी हुन् । पार्कको शिलान्यास पछि मुख्यमन्त्री गुरुङले उक्त कामले स्थानीय सरकार र प्रदेश सरकारसँगै छ भन्ने सन्देश दिने भएकोले पनि महत्वपूर्ण रहेको बताए । ‘प्रदेश सरकार र स्थानीय तह सँगसँगै छौँ भन्ने हिसाबले पनि यो महत्वपूर्ण छ,’ उनले भने, ‘प्रकृतिले सुन्दर गण्डकी प्रदेशको राजधानी पोखरा मानविय कारणले कुरुप बन्दै गएकोेल त्यसलाई हटाएर सुनमा सुगन्ध, फुलमा बुट्टा भर्न हामीले लागेका हौँ ।’ त्यस्तै उनले फेवाताल संरक्षणमा सर्वाेच्चको फैसला पूर्ण रुपमा पालना गरिने बताए । ताल संरक्षण तथा विकास प्राधिकरण नै गठन गरेर सरकारले काम अघि बढाउन लागेको मुख्यमन्त्रीको भनाई थियो ।
पोखरा महानगरपालिका र गण्डकी प्रदेशको भौतिक पुर्वाधार विकास मन्त्रालयले संयुक्त रुपमा बनाउन लागेको उक्त पार्कलाई पोखराको नमुना पार्क बनाउन सबै जना लाग्नुपर्ने पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जीसीले बताए ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.