www.tandavnews.com
Fact ~ In search of truth

स्याङ्जा : एउटै प्लान्टबाट विद्युत्, बायोग्यास र जैविक मल

वालिङ, स्याङ्जा (रासस)

स्याङ्जाको पुतलीबजार नगरपालिका–४, नागडाँडामा खिलुङ कालिका एग्रोफर्मको शाखा उद्योगबाट विद्युत्, बायोग्यास र जैविक मल उत्पादन भएको छ ।

कम्पनीले विद्युत् र बायोग्यास केही समय अगाडि उत्पादन गरेको हो भने गत सातादेखि जैविक मल उत्पादन शुरु गरेको हो । स्याङ्जाको भिरकोट नगरपालिका–७ ठाडाखेतमा रहेको खिलुङ कालिका एग्रो फर्मको शाखा उद्योगमार्फत जैविक मल उत्पादन गरिएको हो ।

Batas

“हामीले राष्ट्रिय कृषि नीतिको मापदण्डका आधारभित्र रहेर दैनिक १५ टन जैविक मल जर्मन र चिनियाँ प्रविधिबाट उत्पादन शुरु गरेका छौँ” कम्पनीका प्रमुख कार्यकारी अधिकृत शोभाकान्त ढकालले भने, “उत्पादित मल १, २, ५, २० र २५ किलोका प्याकमा पाउडर र दाना ‘कृषक अर्गानिक मल’ बजारमा पठाउँछौँ ।”

दैनिक दुई लाख अण्डा उत्पादन गर्ने खिलुङ कालिका एग्रोफर्मबाट निस्कने १२ टन सुलीलाई मुख्य कच्चा पदार्थका रुपमा प्रयोग गरी त्यसमा चार टन गाईभैँसीको मल र झण्डै दुई टन हरियो घाँसपातको मिश्रणबाट कम्पनीले तीन थरी उत्पादन गर्दै आएको छ ।

“यस उद्योगबाट दैनिक ३५० किलोवाट विद्युत्, १२० किलो बायोग्यास र १५ टन जैविक मल उत्पादन हुँदै आएको छ” ढकालले भने , “एउटै प्लान्टबाट विद्युत्, बायोग्यास र जैविक मल उत्पादन गर्ने कम्पनी नेपालकै पहिलो र अत्याधुनिक हो भन्ने हाम्रो दाबी छ ।”

बजारमा पाइने सिलिण्डरका ग्यासभन्दा यो ग्यास २० प्रतिशत बढी टिकाउ हुने कम्पनीले दाबीसमेत गरेको छ । नागडाँडामा ३५ रोपनी क्षेत्रफलमा रहेको शाखा उद्योग झण्डै रु २५ करोडको लागतमा सञ्चालनमा आएको हो ।

सातजनाले सञ्चालन गरेको खिलुङ कालिका एग्रोफर्मले भिरकोट–७, ठाडाखेतमा ४० रोपनी क्षेत्रफलमा अत्याधुनिक फर्म स्थापना गरी दैनिक झण्डै दुई लाख अण्डा उत्पादन गर्दै आएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.