
पोखरा
ताण्डव न्यूज ।
बर्दियाबाट स्थायी वा अस्थायी रुपले प्रदेश नम्बर ४ मा आएकाहरुको पोखरामा सम्पन्न भेलाले बर्दियाली एकता समाज प्रदेशस्तरीय समिति गठन गरेको छ । यस्तै भेलाले प्रा.डा. दयाराम पोखरेलको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
समितिको प्रथम उपाध्यक्ष हरिशचन्द्र अधिकारी, द्वितीय उपाध्यक्ष पुष्पा मरासैनी, महासचिव हिमालय बख्रेल, कोषाध्यक्ष केदारनाथ पौडेल, सचिव दीपक पौडेल, सदस्यहरुमा जगत धामी, नवराज अधिकारी, अरुणा थापा सुनार, गणेश भट्टराई, बसन्त पहारी, सुनिता पौडेल, विसुना लम्साल, ईश्वर देवकोटा, शिशिर कडेँल चयन भएका हुन् ।

बर्दियामा भएको पर्यटकीय सम्भावीत क्षेत्रलाई विस्तार गरी व्यापक प्रचार प्रसार गराई समग्र जिल्ला र प्रदेशको पुलको रुपमा काम गर्ने लक्ष्य सहित समाज गठन भएको भेलामा सहभागी नवराज अधिकारीले बताए ।
समाजलाई वैधानिकता दिन भेलाले विधान समिति बनाई जिल्ला प्रशासन कार्यालय कास्कीमा दर्ताको लागि प्रक्रिया अघि बढाउन नवगठित समितिलाई जिम्मेवारी प्रदान गरेको छ ।
भौगोलिक दुरीको हिसाबले केही टाढा भए पनि सामाजिक/सांस्कृतिक रुपले बर्दिया अलग नभएको भेलामा सहभागी दीपक पौडेलले बताए ।
पर्यटन प्रबद्र्धन र विकासको दृष्टिकोणले प्रदेश नं. ४ अन्य प्रदेशको तुलनामा अग्रणी स्थानमा रहेको हुँदा यहाँको पर्यटकीय विस्तार विकासको पद्दतीलाई जिल्लामा पुर्याउन समाजले भूमिका खेल्ने सहभागिहरुको धारणा थियो ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.