www.tandavnews.com
Fact ~ In search of truth

पोखराबाट काठमाडौँ जाँदै गरेकाे माइक्रोबस दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुग्यो

चितवन (रासस)

इच्छाकामना गाउँपालिका–३ चुर्लिङटारको पानीधारास्थित पृथ्वी राजमार्गमा आज बिहान माइक्रोबस र ट्रक एकापसमा जुध्दा मृत्यु हुनेको संख्या चार पुगेको छ ।

यसअघि, तीनजनाको घटनास्थलमै मृत्यु भएको थियो भने थप एकजनाको उपचारका लागि भरतपुरतर्फ ल्याइँदै गर्दा बाटोमा नै मृत्यु भएको हो ।

Batas

जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारीअनुसार पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको ग १ ख ७६९२ नंको माइक्रोबस र विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ४०६४ नंको ट्रक आज बिहान ७ः२० बजे एकापसमा जुधेका हुन् ।

घटनामा परी मृत्यु भएका तीनजनाको सनाखत आहिलेसम्म भएको छैन भने उद्धारका लागि ल्याइँदै गर्दा मृत्यु भएकामा माइक्रोबस चालक कास्की रुपाकोट–८ का ३३ वर्षीय चन्द्रबहादुर केसी रहेका छन् ।

घाइतेमध्ये पाँचजनाको चितवन मेडिकल कलेजमा, दुईजनाको चितवन पुरानो मेडिकल कलेज, भरतपुर र एकजनालाई पोखरा पठाइएको छ ।

चितवन मेडिकल कलेजमा रहेका दुईजना र पुरानो मेडिकल कलेजमा रहेका दुईजना गरी चारजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको र अन्यको अवस्था मध्यम रहेको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.