www.tandavnews.com
Fact ~ In search of truth

विश्वकप : टप ८, एक रिभ्यू

सचिन रानाभाट

यो संस्करणको विश्वकपमा साना टोलीहरुले निकालेको अप्रत्यासित नतिजाले ३ पुर्व विजेता घर फर्किन वाध्य भए । जसको सिकारमा डिफेन्डिङ च्याम्पियन जर्मनी समेत रह्यो ।

सुरुआत देखि नै मध्यम स्तरको खेलेको जर्मनीलाई घर पठाउन दक्षिण कोरियाले महत्वपूर्ण भुमिका खेल्यो । समूह चरणका ३ खेलमा १ मा जित र २ मा हार बेहोर्दै ८० वर्ष पछी समूह चरणबाटै बाहिरियो विश्व विजेता जर्मनी ।

Batas

त्यस्तै पूर्व विजेता अर्जेन्टिना पनि अन्तिम १६ को नक आउट चरणमा फ्रान्सेली टिमसँग ४–३ गोलले हार बेहोर्दा घर फर्किनु पर्याे । समूह चरणमा फितलो प्रदर्शन गरेको मेस्सी उत्प्रेरित अर्जेन्टिनाले समूह चरणमा ३ खेल खेल्दा १ हार १ बरावरी र १ जित दर्ता गर्दै अन्तिम १६ मा मुस्किलले स्थान बनायो तर खराब सुरुआती गरेको अर्जेन्टिनाको फितलो डिफेन्सलाईन र कमजोर टिम वर्कले फ्रान्ससँगको पराजय स्विकार्न वाध्य भयो ।

समूह चरणको खेलमा चिरप्रतिद्वन्दी स्पेनसँग ३–३ र ईरानसँग १–१ को वरावरी खेलेको कृष्टियानो रोनाल्डो उत्प्रेरित पोर्चुगलले एक खेलमा जित हासिल गर्दै अन्तिम १६ को यात्रा तय गर्यो तर उरुग्वेको डिफेन्स लाईनसँग कमजोर बन्दै बहिरियो । संयोग के भने दुई महान खेलाडी लियोनल मेस्सी र कृष्टियानो रोनाल्डो एकैदिनमा विश्वकपको मैदान छोड्न वाध्य भए ।

यता पेनाल्टीमा आयोजक रसियासँग पराजय बेहोरेको स्पेनले पनि आफ्नो रसिया वसाई लम्व्याउ सकेन । समूह चरणका दुई खेलमा वरावरी खेलेको स्पेन एक खेलमा जित दर्ता गर्दै अन्तिम १६ मा पुग्यो तर प्रि क्वार्टरफाईनलमा आयोजक रसियासँग पेनाल्टीमा हार बेहोर्दै बाहिरियो ।

कस्ता छन् टिम ८ ?

फिफा वरीयतामा सातौँ स्थानमा रहेको फ्रान्सले समूह चरणमा मध्यम स्तरको खेल प्रस्तुत गर्दा निकै आरोप खेप्नुपर्याे यद्यपि अर्जेन्टिनासँगको खेल मार्फत आफूलाई मुख्य दावेदारी प्रस्तुत गर्न सफल रह्यो ।

घरेलु मैदानमा सन् १९९८ मा पहिलो पटक विश्वकप उचालेको फ्रान्समा भरपुर युवा खेलाडीहरु छन् र कुनै पनि बेला खेल परिवर्तन गरिदिन सक्छन् । समूह चरणमा दुई खेलमा जित र एक वरावरी खेलेको फ्रान्स २१ औं संस्करणको प्रमुख दावेदार राष्ट्र हो ।

१४ औं स्थानमा रहेको उरुग्वे प्रतियोगितामा बलियो डिफेन्सलाइन भएको टोली हो । समूह चरणमा कुनै गोल नखाई ३ खेल खेलेको उरुग्वेले कृष्टियानो रोनाल्डोको टिम लाई प्रि क्वार्टरफाईनल बाटै घर पठायो ।

सन् १९३० को पहिलो र १९५० को चौथो संस्करण जितेको उरुग्वे सन् २०१० मा सेमिफाइनल बाट घर फर्केको थियो । कप्तान डिएगो गोडिनको नेतृत्वमा रहेको टोलि विरुद्ध उत्कृष्ट डिफेन्सका विरुद्ध गोल गर्न विपक्षी टिमलाई मुस्किल पर्नेछ ।

फिफा वरीयतामा दोश्रो स्थानमा रहेको ब्राजिल प्रतिश्पर्धा कै मुख्य दावेदार यस अर्थमा हो जस्ले ५ पटक सम्म उपाधी कव्जा गर्न सफल भएको थियो । चार वर्ष अघि घरेलु मैदानमा जर्मनीसँग ७ गोल खाएको घाउमा मलम लगाउन उपाधी जित्ने दाउमा छ ब्राजिल । यद्यपि जर्मनी भने पहिलो चरण बाटै घर फर्केको छ ।

समूह चरणको पहिलो खेलमा वरावरी खेलेको ब्राजिलको त्यस यताको यात्रा भने अपराजित छ । विश्वकै महंगा खेलाडी नेयमार, युवा स्टार ग्राविएल, विलिएन तथा मार्सेलो जस्ता खेलाडी रहेको ब्राजिल उपाधी जित्दै आफ्नो जर्सिमा आधा दर्जन तारा थप्न चाहन्छ ।

फिफा वरियतामा तेश्रो स्थानमा रहेको वेल्जियम तेश्रो पटक क्वार्टरफाइनल पुगेको राष्ट्र हो । उत्कृष्ट गोलकर्ता रोमेलु लुकालु चम्किए भने वेल्जियमले सुखद नतिजा निकाल्न सक्ने धेरैको अनुमान छ । सम्भावित नयाँ च्याम्पियनको रुपमा हेरिएको बेल्जियमले आफ्नो कमजोरीलाई सच्याउदै खेल्नु आवश्यक छ ।

समूह चरणमा ८ गोल हान्दा मात्रै २ गोल खाएको बेल्जियमले प्रि क्वार्टरफाईनलमा जापान विरुद्ध आश्चर्यजनक नतिजा निकाल्दै अघिल्लो चरण पुगेको हो । उक्त खेलमा २–० गोल अन्तरले पछि रहे पनि अन्तिममा ३ गोल फर्काउदै अन्तिम ८ को यात्रा तय गर्याे ।

थ्री लायन्स अर्थात ईङ्ल्यान्ड, फिफा वरीयतामा १३ औं स्थानमा रहेको ईङ्ल्याण्ड समूह चरणमा निकै राम्रो खेले पनी नकआउट चरण बाट धेरै पटक घर फर्केको रेकर्ड छ ।

सन् १९६६ मा च्याम्पियन बनेपछि १९९० मा मात्र सेमिफाइनल पुगेको ईङ्ल्यान्डले युवा खेलाडी ह्यारी केनको कप्तानी पाएको छ । केन सर्वाधिक गोलकर्ता सूचिको पहिलो स्थानमा रहदै गोल्डेन बुटको मुख्य दावेदार समेत रहेका छन् । भरपुर युवा स्टार रहेको ईङ्लिस टोलि पनि २१ औं संस्करणको मुख्य दावेदार मानिन्छ ।

२४ औं स्थानमा रहेको स्वीडेन समूह चरणबाट अगाडि बढ्नेमा धेरैको शंका थियो यद्यपि उसले सबैलाई चकित बनायो र २४ वर्षपछि क्वार्टरफाइनल पुग्यौ । विश्व विजेता जर्मनी मेक्सिको र दक्षिण कोरिया जस्ता टिम विरुद्ध समूह विजेता बन्न सजिलो पक्कै थिएन ।

जर्मनीसँग हार बेहोरे पनि दक्षिण कोरिया र मेक्सिकोलाई पराजित गर्दै समूह विजेता बनेको हो। चर्चित स्टार खेलाडी बिना निकै राम्रो खेल प्रस्तुत गरेको स्विडेनका खेलाडी टिम वर्कमा निकै राम्रो खेल्ने गर्छन् र यो नै उसको राम्रो पक्ष हो ।

फिफा वरीयतामा २० औं स्थानमा रहेको क्रोएसिया सन् १९९८ को डेब्यु विश्वकपमा सेमिफाइनल सम्म पुगेर सनसनी मच्याएको राष्ट्र हो । समूह चरणका तिनवटै खेल जित्ने क्रममा मेसीको अर्जेन्टिनी टिमलाई समेत ३–० ले हराउन सफल रह्यो क्रोएसिया ।

कप्तान लुका मोडरिकको प्रेरणादायी साथ पाएको क्रोएसिया इतिहास दोर्होयाउने दाउमा देखिन्छ । प्रतियोगिता भरि निकै उत्कृष्ट प्रदर्शन गरेको क्रोएसिया पनि उपाधिको मुख्य दावेदार हो ।

सबैभन्दा तल्लो वरियता अर्थात ८० औं स्थानमा रहेको रसिया निकै भाग्यमानी टिम हो । सन् १९९४ मा तत्कालीन शोभियत युनियनवाट टुक्रिए पछि रसियाले विश्वकप खेल्न थालेको थियो ।

पहिलो पटक अन्तिम ८ मा स्थान बनाएको रसियाले समूह चरणका ३ खेलमा २ मा जित र एकमा हार बेहोर्दै अन्तिम १६ पुग्यो । प्रि क्वार्टरफाईनलमा सन् २०१० को च्याम्पियन स्पेनलाई पेनाल्टी सुट आउटमा घर फर्काउन सफल रह्यो ।

२१ औं संस्करणको विश्वकपको आयोजक समेत रहेको रसियाका लागि घरेलु मैदान र समर्थक उपाधिका लागि काफी बन्नसक्छ ।

twitter @ranabhattsachin

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.