www.tandavnews.com
Fact ~ In search of truth

ओभर लोडेड माइक्रो हाँक्ने अनुशासनहीन ड्राइभर प्रहरी फन्दामा

पोखरा
ताण्डव न्यूज ।

आज (विहीबार) दिउसो ३ बजे सुमन शर्मा काठमाडौंबाट पोखराकालागि बा ४ ख ८४२० नंको माइक्रोबस चढे । माइक्रोबसको सिट क्षमता १६ छ । तर, ५ जना बढी यात्रु थपेर माइक्रो पोखराकालागि कुद्यो ।

राजधानीको इन्ट्री र एक्जीट पोइन्ट कलंकीमा प्रहरी हुन्छन् । शर्मालाई लाग्यो बढी यात्रु राखेपछि बस कारवाहीमा पर्ला । कारवाहीको कुरा त परै जाओस्, ट्राफिक प्रहरीले देखेर पनि नदेखे झैं गरेको शर्माको भनाई छ ।

Batas

कलंकी कट्ने वित्तिकै उनले फेसबकुमा पोष्ट गरे ‘म एउटा माइक्रोबसमा पोखरा तर्फ जाँदै छु । बसको सिट क्ष्मता १५ हो ।तर २० यात्रु राखेको छ । विरोध गर्दा दादागिरी देखायो ड्राइभर र कन्डक्टरले । कलंकीको ट्राफिकले देखेर पनि नदेखे जस्तो गर्यो । यहि हो मेरो देश ।’

माइक्रोबसको कागजपत्र । जसमा १६ सिट भनेर स्पष्ट उल्लेख छ ।

शर्माले यसबारे ड्राइभर र सहयोगीलाई जिज्ञासा राख्दा दादागिरी देखाएको उल्लेख गरेका छन् । ड्राइभरले सवारी चलाउँदा मोबाइलको पनि प्रयोग गरेको शर्माले बताए ।

फेसबुकमा स्टाटस पब्लिस भएको केहीबेरमा थानकोट पुग्दै थियो माइक्रो ।

थानकोटमा पनि केहि भएन । २० यात्रु बोकेर माइक्रो नौबीसे हानिदै थियो । उनले फेरी पोष्ट गरे, ‘नौबीसे पुग्दै छ बस’ भनेर ।

उनको फेसबुक स्टाटस पढ्नेहरुले यसबारे ट्राफिक प्रहरीलाई खबर गरिदिए । अन्ततः धादीङको धनुवेशी नगरपालिका खानीखाेलामा रहेका प्रहरीले माइक्रो नियन्त्रणमा लिए ।

असइ बिक्रान्त तामाङ नेतृत्वको टाेलिले सिट क्षमता भन्दा बढी भएका यात्रुलाई अर्कौ गाडीमा सिफ्ट गराएर माइक्रो चालकलाई कारवाही समेत गरेको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.