पाेाखरा
ताण्डव न्यूज ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले यातायात समितिकाे आयव्ययको अवस्था ३५ दिनभित्र प्रशासन कार्यालयमा पेश गर्न निर्देशन दिएका छन् । असार ३१ गतेकै निर्णयअनुसार सबै समितिलाई अायव्ययकाे सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पेश गर्न निर्देशन दिएका हुन् ।
‘साउन १ गतेदेखि संघ संस्था ऐनअनुसार जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका यातायात समिति नवीकरण बन्द भएको छ, उनले भने, ‘समितिले पेश गरेको आयव्यय विवरण सही भए नभएको छानबिन गर्न जिल्ला प्रशासन कार्यालयको संयोजकत्वमा कोष तथा लेखा नियन्त्रण कार्यालय र यातायातका कर्मचारी रहेको संयन्त्र पनि गठन भएको छ।’

यातायात समितिको खाता मन्त्रालयले वैशाख २१ गते नै बन्द गरेको थियो । समितिको खातामा आएका पैसाका बारेमा सम्पत्ति शुद्धीकरण विभागले पनि छानबिन गरिरहेको मन्त्री महासेठले जानकारी दिए ।
मंसिरसम्म इजाजत (रुट परमिट) पाएका सवारीलाई पुस मसान्तसम्म कम्पनीमा दर्ता हुने समय निर्धारण गरिएको उनले जनाएका छन् ।
गत वर्ष चैत १८ गते जारी भएको यातायात निर्देशिकामा रुट परमिट पाएका सवारीलाई कम्पनीमा दर्ता हुनुपर्ने समय नतोकिएकाले असार ३१ गतेको निर्णयले यो व्यवस्था गरिएको जानकारी मन्त्री महासेठले दिएका हुन् ।
यातायात कार्यदलले प्रारम्भिक प्रतिवेदन पेश गरेकाले सार्वजनिक सवारीको सिट कस्तो हुनुपर्छ र टिकट कसरी कहाँ काट्ने व्यवस्थित हुने उनकाे भनाइ छ । ट्याक्सीको एकाधिकार खारेज गर्न मिटरमा नगई ग्राहकसँग बार्गेनिङ गर्नेको दर्ता खारेज गरिने मन्त्रालयले जनाएको छ ।
चालु आर्थिक वर्षको जेठसम्म मात्र सडकलगायत पूर्वाधारका काम गरी असारमा अनुगमन र मूल्यांकनका काम गर्ने निर्णयसमेत मन्त्रालयले गरेको छ । महेन्द्र राजमार्गलाई यसै वर्ष शुरु गरी तीन वर्षभित्र चार लेनमा स्तरोन्नति गर्ने, चार वर्षमा मदन भण्डारी राजमार्गको काम सम्पन्न गर्ने मन्त्रालयको योजना मन्त्री महासेठले सुनाए । मध्यपहाडी राजमार्ग तीन वर्षमा र हुलाकी मार्ग चार वर्षमा सकिने तयारी गरिएको छ ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.