www.tandavnews.com
Fact ~ In search of truth

‘सभागृह मेडिकेयर’विरुद्ध कारवाही प्रक्रिया अघि बढ्यो

पोखरा
ताण्डव न्यूज ।

गलत रिपोर्ट दिएको सभागृह मेडिकेयर प्रालीलाई कारवाहीको दायरामा ल्याउन पत्राचार गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय कास्कीले मेडिकेयर माथि छानबिन गर्न क्षेत्रिय स्वास्थ्य निर्देशनालय र जिल्ला स्वास्थ्य कार्यालय कास्कीलाई छानविन गर्न पत्र पठाएको प्रशासन अधिकृत अनिल शाहीले बताए । ‘हामीले कारवाही प्रक्रिया अघि बढाएका छौ,’ उनले भने, ‘ताण्डवले लेखेको समाचारको कटिङसहित छानविन गर्न पत्रचार गरेका हौं ।’

Batas

छानविन गरेपछि थप कारवाही प्रक्रिया अघि बढ्ने शाहीले बताए । ‘उताबाट के रिपोर्ट आउँछ त्यसपछि प्रक्रिया अघि बढ्छ,’ उनले भने, ‘गलत रिपोर्ट दिने मेडिकेयरलाई कडा कारवाही हुन्छ ।’

सभागृह मेडिकेयरले माघ महिनामा तनहुँका एक ६५ वर्षीय व्यक्तिलाई गलत रिपोर्ट दिएका थिए । उनले डब्लुवीसी जाँच गराएका थिए । मेडिकेयरले उनको डब्लुवीसी ४ हजार २ सय ५० मात्र देखाएको थियो जब कि सोही दिनमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (गण्डकी अस्पताल) ९१ हजार देखाएको थियो । सोही दिन दोस्रो पटक गण्डकी अस्पतालमा जाँदा ८९ हजार ८ सय डब्लुवीसी आएको थियो ।

सामान्यतया मान्छेको ४ हजारदेखी १२ हजार डब्लुवीसी हुन्छ । ती ब्यक्तिको डब्लुवीसी अनुसार क्यान्सरको लक्षण हो । ती व्यक्तिले गण्डकी अस्पतालको रिपोर्टको आधारमा भरतपुर क्यान्सर अस्पताल पुगे । रगत जाँच गर्दा गण्डकी अस्पतालको रिपोर्ट ठिक रहेछ तर सभागृह मेडिकेयरले बदमासी गरेको प्रष्ट भयो ।

अहिले उनले ब्लड क्यान्सरको उपचार गराई रहेका छन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.