www.tandavnews.com
Fact ~ In search of truth

काँग्रेस नेता लेखक भन्छन् ‘भदौमा महासमिति बैठक निश्चित छैन’

विराटनगर, रासस: नेपाली काँग्रेसका नेता रमेश लेखकले पार्टीभित्र देखिएका समस्या विस्तारै समाधान हुँदै जाने बताएका छन् ।

नेपाल प्रेस युनियन मोरङद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले काँग्रेसले विधान संशोधन समिति बनाई नसकेकाले आगामी भदौमा हुने भनिएको महासमितिको बैठक निश्चित नभएकाे जानकारी दिए ।

काँगे्रसका केन्द्रीय सदस्य लेखकले चिकित्सा शिक्षा सम्बन्धमा माथेमा आयोगले तयार गरेको प्रतिवेदनको आधार बनेको अध्यादेश प्रस्तुत भइसकेकाले अब वर्तमान सरकारले नयाँ चिकित्सा शिक्षा विधेयक संशोधन हुनुपर्ने कारण स्पष्ट राख्ननुपर्ने धारणाा राखे । नेता लेखकले स्वास्थ्यमा नागरिकको पहुँच हुने किसिमको चिकित्सा शिक्षा विधेयक ल्याउन सरकारसँग आग्रह गरे ।

madi
machhapuchre

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.